महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरले बैंक तथा वित्तीय संस्थाको ब्याजदर तथा बित्तिय नितिहरु लगु गरिएको अवस्थामा समस्या समाधानार्थ सर्वदलिय सर्व पक्षिय बैठकको आयोजना गरेको छ । शुक्रवार आफनै कार्यालयमा आयोजना गरिएको बैठकमा जिल्लामा रहेको राजनैतिक पार्टीका प्रतिनिधी निजी क्षेत्रका प्रतिनिधी पत्रकार लगायतको उपश्थितीमा कार्यक्रमको आयोजना गरिएको हो ।
निर्माण व्यावसायी संघ कञ्चनपुरका अध्यक्ष निरनजन प्रशाद भट्टले मुलुकमा बिद्यमान रहेको आर्थिक मन्दीका कारण व्यापार उद्योग, कलकारखानाहरुमा प्रत्यक्ष असर परिरहेको समयमा बैंक तथा वित्तीय संस्थाहरुको चर्काे व्याजदर वृद्धि गर्नुको साथै अव्यवहारिक बित्तिय निती लागु गरेको अवस्थामा सम्पूर्ण निजी तथा अन्य व्यापारी व्यावसायीहरुलाई मारमा हालेको कार्य प्रती कसरी समाधान निकाल्न सकिन्छ तथा आगामी दिनमा के गर्न सकिन्छ भनेर सबैको उपश्थितीमा बैठक बसेको उनले बताए ।
देशमा आर्थिक क्रान्तीले गर्दा विकराल अवस्थाको सिर्जना हुँदै गएको बताए । बैंक तथा वित्तीय संस्थाले आफनो मनोमानी ढंगले बढाएको व्याजदरले कतिपय व्यापारीहरुले आत्महत्याको बाटो रोजेको व्यापार व्यावसायबाट पलायन हुने अवस्थाको सिर्जना गर्ने बैंक तथा वित्तीय संस्थाहरुको विरुद्धमा सबैले एक हुनुपर्ने बताए । बैंक तथा वित्तीय संस्थाहरुले शुरुमा व्याजदर भन्दै १ अंकमा हामीहरुले हस्ताक्षर गय्रौ, तर अहिले राष्ट बैंकको नितीलाई देखाएर सबै बैंकहरुले दोहोरो अंकमा व्याज तिर्नूपर्ने व्यवस्थाले व्यापार व्यावसाय नै धरासयी बनाउने यो खेलमा सबैको एक्यबद्धता हुनुपर्ने बताए ।
यो समस्याको समाधानको लागी केही न केही निकास निकाल्नको लागी यो कार्यक्रम गरिएको उनले बताए । नेपाली कांग्रेस कञ्चनपुरका उपसभापति मिनबहादुर सिंहले यो समस्याको समाधानको लागि नेपाली कांग्रेसले सदैव साथ र सहयोग गर्ने बताए । साथै हामीले गर्ने आन्दोलन के कस्तो फायदा भई रहेको छ हामीले गरेको आन्दोलन, चक्काजामले अन्य व्यक्ती समुदायलाई समस्यामा त पारेको छैन उक्त कुरा बुझेर मात्र आन्दोलन गरिनु पर्ने बताए । यस्तै लोकतान्त्रीक समाजवादी पार्टीका प्रवक्ता अम्वादत्त तिवारीले अहिलेको यो अवस्था निम्ताउनमा हामी पार्टी तथा राजनैतिक दल नै जिम्मेवार रहेको बताए ।
हामी राजनितिक दलले सही तवले निति नियम बनाएर सबैको पहुँचमा पुग्ने र सहज रुपमा निती नियमहरु निर्माण गरिएको भए यो टाँट पल्टने अवस्था नहुने बताए । साथै यो जायज मागलाई राज्यले यथासिघ्र सम्वोदन गर्न र यो आन्दोलनमा आफनो पार्टीले पनि साथ र सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे, यस्तै होटल व्यावसायी संघ कञ्चनपुरका अध्यक्ष जगदिश चन्द्र भट्टले यो देशैभर समस्याको रुपमा बाहिर आएको अवस्थामा सानो सानो रुप भन्दा पनि सबै निजी क्षेत्रले एक भएर बुलन्द रुपमा आवाज बाहिर आउनु पर्ने बताए । आफनो माग, समस्याहरु राजनैतिक दलका नेताहरुसँग राख्नु पर्ने र उहाँहरुले पनि यो विषयलाई सकारात्मक रुपले अगाढी बढाउनेमा आफु विश्वस्त रहेको बताए ।