महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकास्थित बैजनाथ धाम जेष्ठ नागरिक केन्द्रका बृद्वबृद्वालाई लत्ताकपडा फलफुल तथा खाध्यान्न सामाग्री सहयोग गरिएको छ । नर्थ क्यारेलिना राज्यको मोरिस्विल सहरमा बसोबास गर्ने तीन युवाहरुले कञ्चनपुरको बृद्वबृद्वालाई सहयोग गरेका हुन् ।
खेम जोशी, कमल काफ्ले र बालकृष्ण उपाध्यायले बेदकोट नगरपालिकास्थित बैजनाथ धाम जेष्ठ नागरिक केन्द्रका बृद्वबृद्वालाई सहयोग गरेको भीमदत्त नगरपालिका–६ बस्ने द्विजराज जोशीले बताउका छन् । उनीहरूले आफु मार्फत नै ३५ हजार बराबरको लत्ताकपडा फलफुल तथा खाद्यान्न सामाग्री सहयोग गरेको बताए ।
तिनै जना युवाले विगतका दिनमा पनि जिल्लामा रहेका अनाथ बालबालिका र बृद्वबृद्वालाई सहयोग गर्दै आएका छन् । यसरी आफुहरुलाई विदेशबाट आफुले कमाएको केही अंश सहयोग गरेकोमा बृद्वबृद्वाहरुले खुशी व्यक्त गरेका छन् । साथै तिनै युवाहरुलाई उनिहरुले आर्शिवाद पनि प्रदान गरेका छन् ।
Comments are closed.