सुप विपश्यना साधना केन्द्र : ‘वन ऐन कानुन अनुरुप पर्खाल निर्माण गरिएको हो’

महेन्द्रनगर । सुदूरपश्चिम विपश्यना साधना केन्द्रले भीमदत्त नगरपालिका ९ ब्रम्हेब वनमा वन ऐन कानुन अनुरुप पर्खाल निर्माण गरिएको जनाएको छ । आइतबार सुदूरपश्चिम विपश्यना साधना केन्द्रले एक प्रेस विज्ञप्ती जारी गर्दै वन ऐन अनुूरुप पर्खाल निर्मांण गरिएको जनाएको हो । धार्मिक वनमा निर्माण गरेको पर्खाललाएई लिएर गैर कानुनी रुपले वन क्षेत्र अतिक्रमणगरी पर्खाल निर्माण गरेको भन्दै विभिन्न समाचार माध्यम संमाजिक सञ्जालमा प्रकासित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

साधना केन्द्रले वन ऐन २०४९ को दफा ३५ (१) वमोजिम डिभिजन वन कार्यालय कंचनपुरमा धार्मिक वन प्राप्तिका लागि कार्ययोजना समेत संलग्न राखि निवेदन पेश गरेको जनाउँदै डिभिजन वन कार्यालयले धार्मिक वनको कार्ययोजना कानुन सम्मत रुपमा स्वीकृत गरेर ५ चैत्र ०७७मा दुई पक्षीय सम्झौता भई डिभिजन वन कार्यालयले यस साधना केन्द्रलाई उक्त धार्मिक वन हस्तान्तरण गरेको उल्लेख गरिएको छ । स्वीकृत कार्ययोजनाको भाग ६ को दफा ६ (३) मा वन अपराध नियन्त्रणका लागि साधनाकेन्द्रले आफुलाई प्राप्त भएको वनको सिमानामा पर्खाल निर्माण गर्नसक्ने अवस्था भएकोले सोहि अवस्था अनुसार धार्मिक वन क्षेत्रमा पर्खाल निर्माण कार्य गरेको उल्लेख गरिएको छ ।

संस्थाले वन अतिक्रमण गरी गैर कानुनी तवरवाट पर्खाल निर्माण गरेको नभई वन ऐन २०४९ को दफा ३५ वमोजिम स्वीकृत धार्मिक वनको कार्य योजनाको दफा भाग ६ को दफा ६ (३) बमोजिम पर्खाल निर्माण गरेको र कानुन सम्मत रुपमा पर्खाल निर्माण गरेको विषय सरोकारवाला सबैलाई वास्तविक विषयको जानकारी गराईएको छ । ‘राष्ट्रिय वन सम्पदा एवं चुरे क्षेत्रको सुरक्षा, संरक्षण र सम्वर्धन सवैले गर्नु पर्दछ भन्ने कर्तव्य बोध हामी मा छ, ‘विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘यस सुदुरपश्चिम विपश्यना साधना केन्द्रले प्रकाशित समाचार एवं टिप्पणी बमोजिम गैह्रकानूनीरुपवाट पखाल निर्माण गरेको अवस्था होइन, छैन ।

’ पुज्यभुमी नेपालमा जन्मिएका भगवान गौतम बुद्धको विपश्यना साधना ध्यानविधि एवं देशमा फैलाउने, ध्यान साधनाको प्रयोग र माध्यमवाट मानव जिवनलाई रुपान्तरण गरि आचरण सुधार शान्ति आनन्द प्राप्तिको पथवाट मानव जिवनलाई सार्थक तुल्याउने विपश्यना साधना ध्यान केन्द्र अति आवश्यक भएकोले शुद्ध पवित्र उद्देश्य राखिएको दावि गरिएको छ ।

विज्ञप्तीमा विश्वभरी संचालनमा रहेका विपश्यना ध्यान केन्द्रको कार्य प्रणालिको इतिहास नै नबुझी आफै काल्पनिक पृष्टभुमी तयार गरी विभिन्न माध्यम एवं समाजिक सञ्जालमा टिप्पणी गरी यस साधना केन्द्रलाई वदनाम गर्ने र आम नागरिकलाई गुमराहमा राखी गलत सुचना सम्प्रेषण गरेको दावि गरिएको छ । सुदूरपश्चिम विपश्यना साधना केन्द्रका अध्यक्ष नारद पाण्डेद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा साधना केन्द्र स्थापना गर्नको लागि सवैसंग सहयोगको लागि अनुरोध गर्दै धार्मिक वनमा लगाएको पखाल तोडफोड गरि नोक्सान गर्ने उपर क्षतीपुर्ती समेतका लागि प्रचलित कानुन बमोजिम उपचारको मार्ग अवलम्वन गर्न माग अघि सारिएको छ ।

 

सम्बन्धित

Comments are closed.