महेन्द्रनगर । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिश्वासको मत पाएका छन् । ५२ जना सदस्यहरुको उपश्थिती रहेकोमा उनले ४१ मत पाएका हुन् । प्रदेश सभामा बिस्वासको मत लिनु पूर्व मुख्यमन्त्री शाहले सुदूरपश्चिमको समर्ग विकासको लागि नयाँ भाग्यलाई कसरी कोर्ने भन्ने विषयमा रहेर काम गर्ने बताएका छन् ।
संघियतालाई बलियो बनाउन आफुले कदम चाल्ने र भ्रष्टाचारको विषयमा कठोर कडा भएर काम गर्ने बताए । साथै, प्रदेशमा सुुसान कायम गर्न, जनताको हक अधिकारलाई सदैव मनन गर्ने, जनताको अभिमतलाई सम्मान गर्दै काम गर्ने जिकिर गरेका छन् ।
२६ माघमा संविधानकाे धारा १६८ काे उपधारा(३) अनुसार ठूलाे दलकाे हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहलाई कांग्रेसका १९, माओवादी केन्द्रका (सभामुख बाहेक) १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र सांसद डा.तारा जाेशीले विश्वासकाे मत दिएका हुन् ।
२७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि शाह २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए ।प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । विश्वासको मत दिने दलहरुले शाह नेतृत्वको सरकारमा सहभागीसमेत हुने निर्णय गरेका छन् ।
Comments are closed.