अत्तरियाबाट लागुऔषध सहित एक महिला पक्राउ

महेन्द्रनगर । कैलालीको अत्तरियाबाट लागुऔषध सहित एक महिला पक्राउ परेकी छिन । गोदावरी नगरपालिका – १ मा किराना पसल सञ्चालन गर्दै आएकी ५४ वर्षीया कुसुम भट्ट लागुऔषध सहित पक्राउ परेकी हुन । उनको साथबाट ३१ ग्राम लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले भट्टलाई लागुऔषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.