महेन्द्रनगर । चौलानी नदी किनारमा मृत फेला परेका जिवन सिह बुडालको शव आफन्तले बुझेका छन । मृत फेला परेको ११ दिन पछि आफन्तले शव बुझेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदमा बझाङमा कार्यरत जिवन विदामा घर आएका बेला पिकनिक मनाउन गएका थिए ।
फागुन १३ गते शनिबार बिहान ११ जना साथीहरुसंगै पिकनिक मनाउन दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदी किनारामा गएका बुडाल राति ९ बजे मृत फेला परेका थिए । बुडालको हत्या भएको भन्दै परिवारजनले ११ दिन सम्म शव बुझ्न मानेको थिएनन ।बुडालसंगै पिकनिक गएका ११ जना र जिप चालकसहित १२ जना प्रहरी नियन्त्रणमा रहेका छन् ।
उनीहरुमा माथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । यस्तै बुडाल मृत्यु प्रकरणमा प्रदेश मातहतको सिआईबीको टोलिले पनि अनुसन्धान गरिरहेको जिल्ला उनले बताए ।
मृतक बुडालका आफन्तले घटनाको सत्यतथ्य छानबीनको माग गर्दै आएका छन् । चौलानी नदीमा मृत फेला परेका बुडाल पौडी खेल्न समेत सिपालु थिए । तर कम पानी भएकै ठाउँमा बुडाल मृत फेला परेकाले परिवारजनले हत्याको आशंका गरेका हुन् ।
Comments are closed.