सुदूरपश्चिममा छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु

महेन्द्रनगर । सुदूरपश्चिममा छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । कञ्चनपुर, कैलाी र अछाममा दुर्घटनामा परी ३ जनाले ज्यान गुमाएका हुन् । कञ्चनपुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा कृष्णपुर नगरपालिका–५ गुलरीया बजारस्थित सडकमा सु.प.प्र.०१००१ च २६२३ नम्बरको बोलेरो जिपले सु.प.प्र.०२००३ प ९८८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार शुक्लाफाटा नगरपालिका–७ का २५ वर्षीय मनिष चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार चालकसहित २ जनाको पद्मा अस्पताल अत्तरीयामा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । यता, कैलालीको धनगढीमा अटो दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ ।

धनगढी उप–महानगरपालिकाको मिलचोकमा बिहिवार बिहानमोहनापुल–अत्तरिया ५ लेन सडकमा चौमालाबाट भीमबस्ति तर्फ जाँदै गरेको से १ ह २६३९ नम्बरको अटो आफैँ अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते गौरीगंगा नगरपालिका वडा नम्बर ४ की ८५ वर्षिया तिलानन्द जोशीको मृत्यु भएको हो। उता, बाजुरामा बिद्यालय जाने क्रममा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बडीमालिका नगरपालिका ६ कोर्ध फडील्लाकी ६ वर्षीय कमला बडुवालको बिहिवार बिहान बिद्यालय जाने क्रममा भिरबाट लडेरमृत्यु भएको हो । उनी सोही वडामा रहेको नेपाल राष्ट्रिय आधारभुत बिद्यालयमा कक्षा १ मा अध्ययनरत रहेकी थिइन् । बिद्यालय गाउँबाट टाढा हुँदा बिहान ९ बजे घरबाट हिडेकी थिइन् । कमला घर नजिकै रहेको ढागीलोटा भन्ने ठाउँमा बाटो अप्ठ्यारो हुँदा खुट्टा चिप्लिदा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.