महेन्द्रनगर । कञ्चनपुरको पवनदुत सार्वजनिक यातायात सेवा प्रालिले आफनो तेस्रो साधारण सभा सम्पन्न गरेको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगर केन्द्रीय कार्यालय रहेको पवनदुत यातायात सेवा प्रालिले आफनो तेस्रो साधारण सभाबाट रेडक्रसलाई आर्थिक सहयोग पनि गरेकोे छ
। नेपाल रेडक्रस सोसाईटी शाखा कञ्चनपुरलाई आर्थिक सहयोग गरेको हो । शुक्रबार एक कार्यक्रमका विच पवनदुत यातायात सेवा प्रालिले रेडक्रसलाई २५ हजारको चेक हस्तान्तरण गरेको प्रालीका अध्यक्ष निराजन मल्लले जानकारी दिएका छन् । यातायात दुर्घटनामा परेका यात्रुहरुलाई होस अथवा अन्य कुनै रोगबाट ग्रसित पिडितलाई रगतको अभावले आफनो ज्यान जोखिममा राख्न नपरोस भन्ने हेतुले यो आर्थिक सहयोग गरिएको उनले बताए ।
आफु पनि यो समाजमा बस्ने, समुदायमा रहेर आफनो सामाजिक दायित्व अन्र्तगत पनि जिम्मेवारी महसुुस गरी यो आर्थिक सहयोग गरिएको उनले बताए । यो धनराशी प्रत्येक वर्ष बढदै जाने र प्रालीले आफनो दायित्वबाट पछि नहटने, आफु अध्यक्ष रहँदा नरहँदा पनि यो प्रथा अगाढी बढनेमा आफु विश्वस्त रहेको उनले बताए ।
वि.सं २०५७ सालमा विधिवत रुपमा पवनदुत जिप तथा ट्याक्सी व्यवसायी समितीको नाममा दर्ता भई कानुनी मान्यता प्रप्ता गरी समय सापेक्ष आफनो थप उद्येश्य साथ २२ वर्ष लामो ईतिहासको कालखण्डमा तमाम कठिनाई एवै बााधा व्यवधानहरुको सामना गर्दै वर्तमान समय सम्म पुग्न सफलता हासिलगरी पवनदुत जिप तथा ट्याक्सी व्यवसायी समितीबाट पवदनदुत यातायात संचालन गर्नमा साथ र सहयोग गर्ने सम्पुर्णमा अध्यक्ष मल्लले धन्यवाद व्यक्त गरेका छन् ।
Comments are closed.