महेन्द्रनगर । डडेल्धुराका समाजसेवी युवा मनका ढुकढुकी डडेल्धुराका दिन दुखी गरिव विपन्न दलित एकल महिला अनाथ वालवालिकाका आँखाका तारा विनय प्रकाश मल्लले डडेल्धुरामा एकल महिलालाई आर्थिक सहयोग गरेका छन् । डडेल्धुरा अमरगढी नगरपालिका वडा नम्बर ३ बस्ने कलावती कठायतले आर्थिक अभाबका कारण समस्या भएको भन्ने खबर पाउने बित्तिक्कै मल्ले नगद १३ हजार रुपैँया सहयोग गरेका हुन् ।
बर्खी गर्न समस्या भएपछि स्थानिय समाजसेवी युवा मनिष भण्डारीलाई जानकारी दिएपछि उनले हाल जापानमा रहेका समाजसेवी मल्ललाई अनुरोध गरेका थिए । उक्त समस्या थाहा पाउने बित्तिक्कै मल्लले उनलाई नगद सहयोग पाठाएको र आईतवार एकल महिलाको निवासमा गएर भण्डारी मार्फत उक्त रकम हस्तान्तरण गरिएको छ । वर्षी गर्न सहज होस् भन्ने उद्देश्यले आफुले सहयोग गरेको समाजसेवी मल्ले बताए उनले सामाजिक संजालमा चिन्ता नलिनु होस म छँदै छुनी भनेर प्रतिक्रिया दिएका छन् ।
यता कलावती कठायतले यस्तै युवा हाम्रो समाजमा देशमा भईदिएको भए यो देशले कोल्टे फेर्ने प्रत्रिक्रिया दिएकी छिन् । आफुलाई सहयोग गरेको प्रति उनले समाजसेवी मल्ललाई धन्यवाद दिएकी छन् । जिल्लामा रहेको बिभिन्न समस्यामा परेका दलित, गरिव, अनाथ बालबालिका, स्वास्थ्य, शिक्षा, विकास निर्माण तथा अन्य थुप्रै कार्यमा आफनो पसिना मेहनेत गरेर कमाएको केही अंश खर्च गरेर उनिहरुको समस्यामा आफुले समाधान गर्ने प्रयत्न गरेका छन् ।
उनले कुनै पनि डडेल्धुराका महिला पुरुष बालबालिका जो कोहीपनि समस्यामा परेको सुन्ना साथ केही न केही सहयोग गर्दै आएका छन् । त्यती मात्रै होईन डडेल्धुराका स्थानिय अन्यत्र जिल्लामा पनि समस्यामा परेको थाहा पाउँना साथ उनले विदेश बाटै सहयोग गरेका छन् । जतीलाई उनलाई सहयोग गरेका छन सबैले उनलाई आर्शिवाद दिएका छन् । मन मुटुमा राखेका छन् र कतिपय ठाँउमा उनलाई देशका नेता तथा जनप्रतिनिधी भन्दा बढी खोजि गरिएको पनि पाईएको छ । केही समस्या हुँदा विनय छदै छनी के को चिन्ता भन्ने सम्म भनिएको पाईएको डडेल्धुराका स्थानियको भनाई रहेको छ ।
जिल्लालाई आवस्यक पर्ने यस्ता होनहार युवालाई हामी सबैले आफनो आँखामा राख्नु पर्ने त्यँहाका स्थानियले आभाष गरेका छन् । आफनो समस्यामा पहिलो नाम भनेकै मल्ल पर्ने गरेको कतिपय पालिकाका दिनदुखी गरिब दलितहरुले भन्ने गरेका छन् । यस्तो दुरदृष्टि भएका आफनो जन्म भुमी प्रती प्रगाडा माया, सदभाव, सम्मान बोकेको एउटा युवालाई सबैले साथ र सहयोग गर्नु पर्ने अवस्था रहेको छ ।
Comments are closed.