कञ्चनपुर र कैलालीमा सार्वजनिक बिदा

महेन्द्रनगर । राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा फागुन ३० गते सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने जनाएको छ । कैलाली र कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गरेर २ जिल्लामा सार्वजनिक बिदा दिएको जानकारी गराएको छ । रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने गरिन्छ ।

एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.