महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका २ दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । पालिकाको स्वास्थ्य शाखाको आयोजनामा महिलाहरुका लागि प्रजनन रुग्णता स्वास्थ्य सेवको शिविरको आयोजना गरिएको हो । फागुन २९ गते वेदकोट नगरपालिकाको सुडा स्वास्थ्य चौकी र फागुन ३० गते दैजी स्वास्थ्य चौकीमा शिविरको आयोजना गरिएको वेदकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिशा पालले जानकारी दिईन् ।
विशेष गरेर महिलाहरुको स्तन क्यान्सर, आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर तथा पाठेघर सम्बन्धी समस्या भएकाहरुका लागी उक्त शिविरको आयोजना गरिउको उनले बताईन दुई दिने शिविरकाट १ सय ४१ ज्ना महिलाहरुले स्वासथ्य लाभ लिएको र जसमध्ये १ सय २८ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरको चेक जाँच गर्दा ४ जना महिलालाई थप उपचारको लागि महाकाली प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो ।
भने अन्य महिलाहरुलाई सामान्य उपचार पछि घर पाठाईएको थियो । पालिकाले यो दुईदिने शिविरमा पालिकामा रहेको १० वटै वडाका महिलाहरुलाई सेवा लिने वातावरण बनाएको थियो । अर्काे शिविर पनि बैशाख भित्रै फेरी संचालन गरिने स्वास्थ्य शाखा प्रमुख पालले जानकारी दिईन् ।