कञ्चनपुरको भीमदत्त १८ मा रहेको भित्री सडक निर्माणको काम अलपत्र

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १८ को भित्री सडक निर्माणको काम अलपत्र परेको छ । निर्माण कम्पनीको चरम लापरवाहीले गर्दा वडा नम्वर १८ मा रहेका खैरभट्टीको शान्ती टोल, गोबरिया नेगी टोलदेखी पूर्व जाने बाटो, निम्बुखेडाको पुरानो स्वास्थ्य चौकीदेखी पूर्व जाने बाटो, निम्बुखेडा उल्टाखाम पुलदेखी दक्षिण जोड्ने बाटो, र पत्थरपुर जोडने बाटोहरुको काम अहिले अलपत्र रहेको हो ।

उक्त बाटोहरुको भीमदत्त नगरपालिकाले बजेट कटौती गरेको थियो । तर गत मंसिर २० गतेदेखी १ हप्ता सम्म वडा अध्यक्ष रविन्द्र देवकोटाले अनशन बसेर उक्त बाटोमा फेरी काम सुचारु गर्ने भनेर पालिकाले निर्णय नै गरिसकेको अवस्थामा निर्माण कम्पनीले चरम लापरवाही गरेको वडा अध्यक्ष देवकोटाले बताए । ‘पहिला पनि बजेट कटौती गरेर भीमदत्त नगरपालिकाले दुख दियो अब निर्माण कम्पनीले आज गर्छु भोली सडक बनाउँछु भन्दै टाढिरहेको छ’ उनले भने ‘अब केही दिन भित्रै निर्माण कम्पनीका व्यक्तीहरु सम्पर्कमा नआए कडा कदम चालिने छ’ ।

पटक पटक सम्पर्क गर्दा पनि निर्माण कम्पनी सम्पर्कमा नआउने काम पनि नगर्ने भएपछि अब कारवाहीको तयारीमा आफु रहेको उनले बताए । गत आर्थिक वर्षमा बजेट विनियोजन भईसकेको सडकका बेस निर्माणको कार्य पनि सम्पन्न भईसकेको छ । आधा अधुरो सडकमा स्थानियहरुलाई सास्ती भएको छ । अघिल्लो आर्थिक वर्षमा निर्माण सुरु गरिएका सडकको बजेट कटौती गरिएपछि आफुले अनशन बसेर पुनः काम गर्ने वातावरण बनाएपनि फेरी काम हुन नदिने चलखेल शुरु भएको आशंका रहेको अध्यक्ष देवकोटाले बताए ।

अन्य सबै क्षेत्रमा गत वर्षको बजेटले काम पनि भईसकेको अवस्थामा यो वडामा सडक निर्माणको काम अधुँरो रहेको भीमदत्त नगरपालिका १८ तल्लो गोवरियाका मोहन ऐरले बताए । सरकार सबैको लागि बराबर हो जस्तो लाग्थ्यो तर यो वडा नम्वर १८ मा आगामी बजेट को काम पनि हुन नसकेको मा स्थानियहरु आक्रोसित भएको उनले बताए ।

काम सुचारु गरिएन भने उक्त निर्माण कम्पनीलाई कालो सुचीमा राखिने, अब उपरान्त पालिकाको कुनै पनि काम गर्न अयोग्य हुने गरि कारवाहीको प्रक्रिया अगाढी बढाईने वडा अध्यक्ष देवकोटाले बताए । स्थानियहरुले रातदिन फोन गरेर आफनो समस्या हरु राख्ने गरेका छन् तर यता निर्माण कम्पनीले भने, अटेरी गरिरहेको उनले बताए । उक्त विषयमा निर्माण कम्पनीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.