पश्चिम सेतीका लागि आवाज उठाउन आइतबार सभापति देउवासँग आग्रह

सुदूरपश्चिममा प्रस्तावित पश्चिम सेती जलविद्युत् परियोजनालाई छिटो बनाउन माग गर्दै अभियान चलाइरहेका अभियन्ताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। काठमाडौं केन्द्रित अभियान चलाइरहेको ‘बोलन्या थली धनगढी’का अभियान्ताले पश्चिम सेतीका लागि आवाज उठाउन आइतबार सभापति देउवासँग आग्रह गरेका हुन्।

सुदूरपश्चिमबाट उदाएर केन्द्रीय राजनीतिमा सक्रिय रहेका देउवालाई भेटेर पश्चिम सेतीबारे आवाज उठाउन माग गरिएको बोलन्या थली धनगढीका संयोजक यादव जोशीले बताए। भेटमा देउवालाई अनुरोधपत्र समेत बुझाइएको छ।

सम्बन्धित

Comments are closed.