महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकामा किटनाषक झुल वितरण गरिने भएको छ । बुधवार उक्त विषयमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । बेदकोट नगरपालिकाका प्रशासकिय अधिकृत पदम राज भट्टले पालिकाको वडा नम्वर १, २ र ६ मा औलो रोगका बिरामीको संख्या बढी देखिएको अवस्थामा उक्त वडालाई किटनाशक झुल वितरण गरिने बताए ।
पछिल्लो तथ्याङक हेर्दा उक्त वडाहरुमा औलोको रोगका बिरामीहरुको संख्या धेरै देखिएपछि अहिले ति वडाहरुमा झुल वितरण गरिने बेदकोट नगरपालिका स्वास्थ्य शाखाको प्रमुख हरिषा पालले बताईन् । सो कार्यक्रममा बेदकोट नगरपालिकाकाको वडा नम्वर १,२,र ६ का वडा अध्यक्ष, स्वास्थ्य संस्थाका कर्मचारी र महिला स्वास्थ्य स्वयम सेविकाहरुको उपस्थिति रहेको थियो ।
किटनाषक झुल वितरण गर्नका लागि वडा नम्वर १,२,र ६ महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई तथ्याङक संकलन गर्न परिचालन गरिने भएको छ ।
Comments are closed.