बेदकोट ६ का स्वयम सेविकाहरुलाई साईकल वितरण

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकामा आज साइकल वितरण गरिएको छ । बेदकोट नगरपालिका वडा नम्वर ६ मा रहेका महिला स्वयम सेविकाहरुलाई बुधवार साईकल वितरण गरिएको हो । गाँउघरमा रहेको स्वास्थ्य क्लिनीकमा जान आउँन तथा तथ्याङकहरु संकलन गर्न सजिलो तथा सेवा प्रवाहमा सहजताको लागि ७ जना स्वास्थ्य स्वयम सेविका तथा वेदकोट नगरपालिका ६ सिसैयाका भलमन्सा सिताराम रानालाई साईकल वितरण गरिएको वडा अध्यक्ष तुलसी रानाले जानकारी दिएका छन् ।

साईकल पाएपछि अब गाँउघरमा स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने स्वास्थ्य स्वयम सेविका शान्ती भट्टले बताईन् । पहिला भन्दा अब समय पनि बचत हुने र काम पनि छिटो गर्न सहज हुने उनले बताईन् । वडा अध्यक्ष तुलसी रानाको अध्यक्षतामा साइकल वितरण गरिएको थियोे ।

बेदकोट नगरपालिका वडा नम्वर ६ वडा सचिव यज्ञराज भटट वडा नम्वर ६ का वडा सदस्य, घुरसुवा स्वास्थ्य संस्थाका प्रमुख शंकर जोशी, कर्मचारी र महिला स्वास्थ्य स्वयम सेविकाहरुको उपस्थितिमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

सम्बन्धित

Comments are closed.