कैलालीमा लागूऔषधसहित पाँच जना पक्राउ

महेन्द्रनगर । कैलालीमा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–४ यातायात कार्यालय अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम २ सय ५० मिलिग्रामसहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–५ का ३० वर्षीय नरेश खड्का, ३० वर्षीय लक्ष्मण खड्का र धनगढी वडा नम्बर–११ का ३० वर्षीय देबेन्द्र खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस्तै टिकापुर नगरपालिका–१ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ६० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टिकापुर नगरपलिका–१ राजिपुर बस्ने २४ वर्षीय आबिनाश चौधरी र २२ वर्षीय बिक्रम चौधरी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले बा.५४ प ४४८१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको जानकारी दिएको छ ।

सम्बन्धित

Comments are closed.