श्रमिकहरुले पनि आफनो सिपको प्रमाणिकरण गरी आफनो क्षमता वृद्धि गर्न पाउने

महेन्द्रनगर । अब श्रमिकहरुले पनि आफनो सिपको प्रमाणिकरण गरी आफनो क्षमता वृद्धि गर्ने तथा श्रमिकहरुको आफनो आत्मसम्मान पनि बढने भएको छ । सरकारले राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यक्रम लागु गर्ने भएपछि आम श्रमिक तथा सिप भएका कामदारहरु र शिक्षा लिएर अन्य काममा आफनो सिपको प्रमाणिकरण गरी आफुलाई सक्षम, क्षमतावान र दक्ष बनाउन पाउने भएका छन् ।

सुदूरपश्चि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा बिहिवार कञ्चनपुर उद्योग वाणिज्य संघको हलमा जिल्लामा रहेका बिभिन्न रोजगारदाता हरुलाई एक दिने राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली, प्रदेश सरकारको भुमिका निजी क्षेत्रसंगको सहकार्य विषयक रोजगारदाता विच अभिमुखिकरण कार्यक्रम गर्दै उक्त विषयमा व्यापक छलफल संचालन गरिएको हो ।

नेपालमा प्रमाणिकरण गरिएको सिपको प्रमाणपत्र अन्य मुलुकहरुमा पनि मान्यता हुने भएपछि कामको लागि विदेश जाने नेपाली दाजुभाईहरुलाई पनि सहज तथा बढी कामको मुल्याङकन हुने र तलबमा पनि वृद्धी हुने परियोजनाका प्राविधिक संयोजक डिल्लीराज भट्टले बताए । सिप सिकेको छ तर उक्त सिप प्रमाणिकरण भएको छैन, आफुले सिकेको सिपको तह कति हो भन्ने पनि जानकारी नभएको अवस्थामा उनिहरुको सिपको सम्मानको लागि यो परियोजना प्रभावकारी हुने सामाजिक विकास मन्त्रालय शैक्षिक विज्ञ तथा अनुसन्धान महासाखा प्रमुख तथा उपसचिव गगनदेव भट्टले बताए ।

स्विस सरकारको अनुदान सहयोग तथा नेपाल सरकारले सिटिइभिटी मार्फत ल्याएको यो परियोजना नेपाल सरकार शिक्षा मन्त्रालयबाट सामाजिक मन्त्रालयमा सशर्त अनुदानमा आएको यो परियोजनाले श्रमिकहरुको बिभिन्न सिप लिएर काम गरिरहेका देश का बिभिन्न क्षेत्रमा छरिएर बसेकाहरुको सिटिइभिटी मार्फत सिपको परिक्षण गरेर राष्टिय सिप परिक्षण समिती मार्फत सिपको सिरक्षण गरेर अन्तराष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र दिने, र उनिहरुलाई प्रमाणिकरण गरिने मुख्य उदेश्य रहेको उनले बताए ।

सुदूरपश्चिममा यो वर्षदेखी कार्यक्रम लागु भएको र सिपहरुको प्रमाणिकरण गर्न व्यावसायिक सिपको ढाँचा निर्माण भई सकेको अवस्थामा मन्त्रि परिषदबाट पनि स्विकृत भईसकेको उनले बताए । ‘कुनै व्यक्ति मानौ कक्षा ८ पढेर कुनै सिपमा आवद्ध भएर काम गरिरहेको छ भने, उसले पहिलो तह दोस्रो तह पास गय्रो भने अब म १० कक्षा पढछु भनेर भन्यो भने पढन पाउने व्यवस्था गर्न यो परियोजना आएको हो’ उनले भने, ‘साथै कुनै १२ कक्षा पास गरेर अब जनरल शिक्षा तर्फ जादैन म व्यवसाय तर्फ जान्छु भनेर उसले लेबल ४ अथवा अन्य तहको परिक्षा दिएर आफुलाई दक्ष भएको प्रमाणिकरण वा सिप प्रमाणिकरण गरियो भने उसले आफनै देशमा अथवा अन्य देशमा गएर काम गर्न खोज्यो भने उसको सिपको सम्मान हुने र उसले आफनो दक्षता लाई अन्य देशमा प्रमाणपत्रको आधारमा पनि उसको मुल्याङकन हुनेछ’ ।

जनरल शिक्षामा सानो कक्षादेखी विधाबारिधी सम्म पढन पाउन व्यवस्था रहेको छ भने व्यवसायबाट पनि तहगत परिक्षा पास गर्दै आफनो सिप अनुसारको जाँच दिदै गयो भने विधाबारिधी सम्म पनि उसलाई सरकारले प्रमाणिकरण गर्ने उनले बताए ।

सम्बन्धित

Comments are closed.