महेन्द्रनगर बजारको आधुनिक सडक गुणस्तरीय बनाउन ठेकेदारलाई निर्देशन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा निर्माण भईरहेका सडक ढल निकासीको कामलाई समयमा सम्पन्न गर्न र गुणस्तरीय बनाउन मेयर पदम बोगटीले निर्देशन दिएका छन् । शुक्रवार पालिकाले नगर प्रमुख उपप्रमुख कार्यलय प्रमुख तथा प्राविधीक टोलीको संयुक्त अनुगमन गर्दा सडक निर्माणको जिम्मा पाएको जेडआइइसी–लामा जेभीका इन्जिनियर तथा प्रतिनिधि,क्षेत्रिय शहरी विकास आयोजना कार्यान्वयन इकाईका प्रमुख एवम् प्रतिनिधिलाई सो निर्देशन दिएका हुन् ।

एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा क्षेत्रिय शहरी विकास आयोजना अन्तर्गत महेन्द्रनगरमा निर्माणाधिन १४ किलोमिटर ढल सहितको आधुनिक सडकको काम गुणस्तरिय सहित छिटो सम्पन्न गर्न निर्देश दिएका हुन् । निर्माणाधिन सडकको काम गुणस्तरहिन,सुस्त गतिमा भइरहेको गुनासो आएपछि भीमदत्त नगरपालिकाले शुक्रवार सडक निर्माणको जिम्मा पाएको जेडआइइसी–लामा जेभीका इन्जिनियर तथा प्रतिनिधि,क्षेत्रिय शहरी विकास आयोजना कार्यान्वयन इकाईका प्रमुख एवम् प्रतिनिधि,नेपाल विद्युत प्राधिकरण महेन्द्रनगरका प्रमुख,नेपाल टेलिकम महेन्द्रनगरका प्रमुख,खानेपानीका प्रमुख लगायतसंग बैठक बोलाएर छलफल गरेको छ ।

सडक निर्माणको सहजीकरणको जिम्मा पाएको भीमदत्त नगरपालिकाले सडक निर्माणमा विद्युत,टेलिकमका पोलहरुले देखिएको समस्या,गर्मीमा बजारमा धुलोधुवा,हिलो हुने लगायतका कुरालाई मध्यनजर गर्दै आयुडिपि, निर्माण कम्पनी र विद्युत,टेलिकमका प्रमुख एवम् प्रतिनिधिहरु संग छलफल गरिएको र सम्बन्धित निकायलाई गुणस्तर सहित निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिइएको नगर प्रमुख बोगटीले बताए ।

सम्बन्धित

Comments are closed.