महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको समाज कल्याण महाकाली बाल अनाथालयमा सहयोग गरिएको छ । शनिवार महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले खाद्यन्न, लत्ताकपडा, बिद्यालय झोला, खेलकुदका सामग्री, पानी खाने बोत्तल, शैक्षिक सामग्रीहरु सहयोग गरेको हो ।
आफनो बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत समाज कल्याण महाकाली बाल अनाथालयमा सहयोग गरिएको बैंकका शाखा प्रबन्धक पहलमान ठकुल्लाले जानकारी दिएका छन् । बैंकको र आफनो पनि सामाजिक दायित्व भित्र पर्ने भएर हाम्रो समुदायमा रहेका पछाडी पारिएका समुदाय,अनाथ बालबालिका, दलित समुदाय, लगायतलाई उनिहरुको समस्यामा सानो पहल गरेर केही राहत दिन सकिन्छ भने त्यो सामाजिक दायित्व निर्वाह गर्ने सदैव तत्पर रहेर कार्य गर्ने उनले बताए ।
अहिले देशको आर्थिक अवस्था पनि कमजोर रहेको र बैंकहरुले नाफा मात्र कमाउँछ बोनश खान्छ भन्ने सोच नराखी बैंकहरुले सामाजिक क्षेत्रमा पनि काम गर्दछ भनेर जानकारी प्रदान गर्नको लागि पनि विगतको समयमा पनि बिभिन्न सामाजिक उपलब्धी मुलक कार्य बैंकले गर्दै आएको उनले बताए ।
हामी सबैले सामाजिक कार्य गरिरहेका हुन्छौ, हामीपनि दिनभर कार्यालयमा आम जनमानसहरुलाई सेवा दिन्छौ त्यो पनि सामाजिक कार्य अन्र्तगत पर्दछ, साथै स्वास्थ्य, शिक्षा, समाजमा रहेका सबैलाई पुग्ने गरि विगत देखी नै सामाजिक कार्यमा लागेको यो बैंकले वार्षिक २ देखी ३ करोड देशै भरमा सामाजिक उत्तरदायित्वका कार्यक्रममा खर्च गर्ने गरेको उनले बताए ।
बैंकले नाफा मात्रै कमाउने होईन सामाजिक कार्य पनि गर्ने गरेको र जस्ले गर्दा आम जनता पनि बैंकसँग जोडिने र बैंक प्रति अपन्त्वको विकास होस भन्ने तवरले पनि महालक्ष्मी विकास बैंकले विगतदेखी यस्ता कार्य गर्दै आएको उनले बताए । गत वर्ष वडा नम्वर ११ मा स्वास्थ्य शिविर गरेको र यो वर्ष पनि सामाजिक दायित्व अन्र्तगत अनाथालयमा सबै सामग्रीहरु वितरण गरिएको बैंकका शाखा प्रबन्धक पहलमान ठकुल्लाले जानकारी दिएका छन् ।
अहिले शाखामा २६ हजार ग्राहक रहेको र अरु बैंकहरु ३ बजे बन्द हुने १० बजे खुल्ने भएकोमा आफनो बैंक बिहान ९ बजे खुल्ने र बेलुकी साढे ५ बजेसम्म पनि खुल्ला रहेर सेवा प्रवाह गरिरहेको उनले बताए । व्यक्तिहरुलाई समस्या पिबहान १ण् देखी ३ बजे मात्र पर्दैन जति बेला पनि पर्न सक्ने भएकाले आफनो ग्राहकहरुको समस्यालाई ध्यानमा राखेर उक्त सेवा प्रवाह गरिएको उनले बताए ।
Comments are closed.