कञ्चनपुरको एक माइक्रोफाइनान्समा लगाइयो ताला

महेन्द्रनगर । कञ्चनपुरमा रहेको एक माइक्रोफाइनान्समा ताला लगाईएको छ । वेदकोट नगरपालिका ७ सुडास्थित नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडमा तालाबन्दी गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले बिभिन्न ५ वटा कारण दर्शाउँदै आज (आइतबार) उक्त वित्तीय संस्थामा तालाबन्दी गरेको हो ।

लघुवित्तले उपभोक्ताबाट चर्को ब्याज असुली गरिरहेको र आफ्नो पार्टीले ५ प्रतिशत ब्याज लिनुपर्ने अडान राखेको पनि स्मरण गरिएको छ । उक्त संस्थाले किस्ता असुल उपर गर्दा ऋणिहरुसित जर्वजस्ति र दुव्र्यबहार गरेको पाइएको बहुमतको आरोप छ ।

‘महिना, महिनामा किस्ता उठाउँदा उपभोक्तालाई दुःख दिने गरिएको छ,’ बहुमतले भनेको छ । बिभिन्न प्रलोभन (स्किम) दिएर उपभोक्तालाई ठग्ने र दुःख दिने गरिएको र बचत बुक संस्थामा राखेर आयव्यय पारदर्शी नगरेको गुनासो उपभोक्ताबाट आएको बहुमतले जनाएको छ । सेवा शुल्क, बिमालगायत शीर्षकमा अनावश्यक रकम असुलिने गरिएको बहुमतको भनाई छ ।

सम्बन्धित

Comments are closed.