बाजुरामा नेबिसघं र अनेरास्ववियु बिच झडप, प्रहरीद्धारा हवाई फाएर

महेन्द्रनगर । बाजुराको बुढिनन्दा क्याम्पसमा दुई बिधार्थीसंगठन बिच झडप भएको छ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन अन्तर्गत झडपले ठुलो रूप लिन खोज्दा नेपाल प्रहरीले अश्रु ग्यास र हवाई फाएर गरेर भिड नियन्त्रण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक कबिन्द्रसिहं बोहोराले बताएका छन ।

के कति राउण्ड चल्यो भन्ने बिषयमा जानकारी आउन बाकिँ रहेको प्रहरी प्रमुख बोहराले बताएका छन् । भिडले उग्ररूप लिएपछि प्रहरीले हवाई फाएर गरेको प्रहरी प्रमुख बोहराले बताए । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते आइतबारका लागि तय गरेको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको बाजुराको बुढिन्नदा क्याम्पसमा पनि मतदान सुरु भएको केही घण्टामा झडप भएको जनाईएको छ ।

मतदान सुरू भए देखि पटक पटक स्थगित हुँदै सुरू गर्दै आएको र भिड नियन्त्रण गर्न समस्या भएपछि प्रहरीले अश्रुग्यास र हवाई फाएर गरिएको प्रहरीले जनाएको छ । बुढिन्नदा क्याम्पसका ४ सय १२ जनाले मतदान गर्ने भएका छन ।

सम्बन्धित

Comments are closed.