महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका ६ मा पूर्ण खोप सुनिश्चितता गरिने भएको छ । आईतवार वेदकोट नगरपालिका स्वास्थ्य शाखा घोर्सुवा आधारभुत स्वास्थ्य सेवा केन्द्र ६ ले स्वास्थ्य स्वयम सेविका,वार्ड सदस्य, शिक्षकहरुलाई अभिमुखिकरण पनि गरेको छ ।
खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित गर्न तथा छुटेका बालबालिकालाई खोप लगाउन र उनिहरुलाई प्रोत्साहन गर्न यो अभिमुखिकरण गरिएको कार्यक्रममा अध्यक्षता ग्रहण गरेका वडा अध्यक्ष तुलसी रानाले बताए । शिक्षा र स्वास्थ्य बालबालिकाको नैसर्गिक अधिकार भएकाले यसलाई निरन्तरताको खाँचो रहेको र वडामा रहेका कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुन भनेर नै सबैले सहयोग गर्न उनले आग्रह गरे । वडाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको र घरघरमा पुगेर बालबालिकाको पहिचान गरिने उनले बताए ।
महिलाहरु घरायसी काममा व्यस्त हुने हुँदा यसअघि बालबालिका खोप लगाउन छुट्ने गरेका थिए । “गाउँघरका चिकित्सक मानिने महिला स्वास्थ्य स्वयंसेविकाले महत्वपूर्ण भूमिका खेलेका छन् । उनले स्वास्थ्य शाखाका जनशक्तिहरु परिचालन गरेर पूर्ण खोप सुनिश्चितता गरिने बताए । १४ प्रकारका रोगकाविरुद्ध लड्न सात प्रकारका खोप बालबालिकालाई दिइने गरिन्छ ।
Comments are closed.