बेलौरीमा रहेको रामपुर क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल विजयी

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी स्थित रामपुर बहुमुखी क्याम्पस कलकत्तामा आइतबार भएको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको पुरै प्यानल विजयी भएको छ । जम्मा ३१ विद्यार्थी मात्रै रहेको उक्त क्याम्पसमा २५ जनाले मात्रै मतदान गरेको क्याम्पस प्रमुख मदन चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार, अखिल क्रान्तिकारीकी सरस्वती तिरुवा १५ मत सहित स्ववियु सभापतिमा निर्वाचित हुनु भएको छ । उक्त क्याम्पसमा अखिल क्रान्तिकारी, अनेरास्ववियु र नेविसंघ गरी ३ प्यानलमा चुनावी प्रतिस्पर्धा भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.