महेन्द्रनगर । त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका सामुदायिक तथा आङ्गिक क्याम्पसमा आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । विद्यार्थीको हकहितमा पैरवी गर्ने नेतृत्वकर्ता, पदाधिकारी र सदस्य चयनका लागि निर्वाचन भएको हो । सुदूरपश्चिम प्रदेशभरि कतै उत्साहपूर्वक सौहार्दपूर्ण वातावरणमा निर्वाचन भएको छ भने, कतै तनाव उत्पन्न भएको थियो ।
विभिन्न निर्वाचनमा देखिएको जस्तो विवाद स्ववियु निर्वाचनमा पनि बाजुरामा देखिएको छ । कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कैलालीमा १०, कञ्चनपुरमा छ, डोटीमा तीन, अछाममा दुई, बाजुरामा एक, डडेल्धुरामा एक, बझाङमा नौ र दार्चुलाका चार क्याम्पसमा शान्तिपूर्ण वातावरणमा मतदान भएको छ ।
कञ्चनपुरको दानेश्वरहरी बहुमुखी क्याम्पस, बझाङको त्रिवेणी आदर्श बहुमुखी क्याम्पस र दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा यस अघि नै निर्विरोध निर्वाचन भएको थियो ।यसैबीच, डडेल्धुराबाहेकका बाँकी सबै जिल्लाको केही क्याम्पसमा चुनाव स्थगित भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार कैलालीको दुई, कञ्चनपुरको नौ, अछामको पाँच, बाजुराको दुई, डोटी, दार्चुला र बझाङका एक÷एक गरी २३ क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।
सुदूरपश्चिममा सबैभन्दा बढी विद्यार्थी रहेको, घोडाघोडी बहुमुखी क्याम्पस लगायतका क्याम्पसमा सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको छ । आइतबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको थियो । पछिल्लो प्राप्त विवरण अनुसार २२ वटा क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ ।
कहाँ को विजयी
कञ्चनपुर
रामपुर बहुमुखी क्याम्पस – सरस्वती तिरुवा अखिल क्रान्तिकारी
रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पस –दिलेन्द्र प्रशाद बडु अनेरास्ववियु
जनता बहुमुखी क्याम्पस – मनोज साउद अखिल क्रान्तिकारी
कृष्ण बैजनाथ बहुमुखी क्याम्पस – कृष्णराज जोशी नेपाल विद्यार्थी सङ्घ
कञ्चन बहुमुखी क्याम्पस – देव बहादुर साउँद अनेरास्ववियु
महाकाली बहुमुखी क्याम्प – निरज भण्डारी नेपाल विद्यार्थी सङ्घ
कैलाली
बुलबुले बहुमुखी क्याम्पस कैलाली पुष्पा खाती अनेरास्ववियु
मोहन्याल बहुमुखी क्याम्पस –अर्जुन खत्री अखिल क्रान्तिकारी
खप्तड बहुमुखी क्याम्पस –पुष्कर अवस्थी अनेरास्ववियु
चौमाला बहुमुखी क्याम्पस – हरेन्द्र बुढा अनेरास्ववियु
लम्की बहुमुखी क्याम्पस – कल्पना तिमिल्सना अनेरास्ववियु
ऐश्वर्य बहुमुखी क्याम्पस –कुबेर खड्का अनेरास्ववियु
बैतडी
नवप्रभात बहुमुखी क्याम्पस – रेखा घटाल अनेरास्ववियु
श्रीकोट बहुमुखी क्याम्प – शम्भुराज गिरी अनेरास्ववियु
सेटीगाउँ बहुमुखी क्याम्पस – मोहन बोहरा अनेरास्ववियु
डोटी
खप्तड आदर्श क्याम्पस – श्याम विक अनेरास्ववियु
केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस – निर्मल बम नेपाल विद्यार्थी सङ्घ
डडेल्धुरा
डडेल्धुरा बहुमुखी क्याम्पस – दुर्गा प्रसाद भट्ट नेपाल विद्यार्थी सङ्घ
बझाङ
थलारा बहुमुखी क्याम्पस – महेश जेठारा अनेरास्ववियु
सेती क्याम्पस बझाङ – लक्ष्मण गिरी अनेरास्ववियु
सुनकुडा क्याम्पस – दिलीप अधिकारी अनेरास्ववियु
दार्चुला
कृष्ण स्नातक क्याम्पस – हेमन्ती जोशी अनेरास्ववियु
Comments are closed.