सुदूरपश्चिममा छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु

महेन्द्रनगर । सुदूरपश्चिममा छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । अछाम, कैलाली, र बैतडी भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको हो । अछाममा विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक बालिकाको घटना स्थलमै मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–३ बुढाखोलामा भएको ट्याक्टर दुर्घटनामा १६ वर्षीया मनिषा बुढाको मृत्यु भएको हो ।

दुर्घटनामा अन्य चार जना किशोरी घाइते भएको र उनीहरुको जिल्लामा उपचार भयरहेको जिल्ला प्रहरी कार्यलय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश बिष्टले बताए । साँफेबाट गएको से २ त ४३३१ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो । घाइते हुनेमा १५ वर्षीया सुस्मिता बुढा, १४ वर्षीया पार्वती बुढा, करिश्मा बुढा, कक्षा ६ मा पढ्ने १२ वर्षीया पुष्पा बिक रहेका छन् ।

उनीहरू पिपलसैन माद्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू हुन् यता, कैलालीमा ट्याक्टर दुर्घटना हुँदो भजनी नगरपालिका–३ कुडि चोकमा से.२ त १०२० नम्बरको ट्याक्टर आइतबार राति दुर्घटना भएको हो । ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा ट्याक्टरमा सवार भजनी नगरपालिका–१ ठेगरपुरका २८ वर्षीय टिकाराम चौधरीको मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । उता, बैतडीमा एक जना मृत फेला परेका छन् ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–६ चम्तडीमा ५२ वर्षीय नरीभानसिंह नगारी आज मृत अवस्थामा फेला परेका हुन् । दोगडाकेदार गाउँपालिका वडा नम्बर ६ घर भएका उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित

Comments are closed.