महेन्द्रनगर । सोमबार रातीदेखि परेको वर्षाका कारण धनगढीका दुई वटा पसलमा डुवानमा परेका छन् । पानी निकास नहुँदा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरस्थित काठमाडौं होटल र मोबाईल पसल डुवान भएको जनाइएको छ । पसलभित्र डुवान भएपछि समस्या भएको स्थानीय शान्ती ज्ञवालीले बताइन् । “विहान पसल खोल्दा पुरै जलमग्न भएको थियो” उनले भनिन “पानी निकासको व्यवस्थापन भएमा पसलभित्र पानी पस्थेन ।” चैतको सामान्य वर्षामा पनि पसल डुवनामा पर्नु नाली व्यवस्थापन नभएको उनी बताउँछन् ।
“अहिले त पसल डुवान भएको छ उनले भनिन वर्षातको मौसममा थप डुवान हुने सम्भावना बढेकोले पानी निकासको व्यवस्थापन गर्न जरुरी रहेको छ” उनले भनिन् ।कैलालीका खोलामा बहाव नबढेपनि धनगढीका विभिन्न स्थानमा बनाइएको भौतिक संरचनाका कारण केही स्थानमा डुवान भईरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीमा बिहानको ८ बजेसम्म ४८ दशमलब सात मिलिलिटर वर्षा भएको छ । धनगढीमा दिउसो पनि वर्षा जारी रहेको छ । देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा जारी रहेको छ । विहानको ८ बजेसम्म सबैभन्दा बढी वर्षा धनगढीमै भएको छ ।
महाशाखाका अनुसार डडेल्धुरामा १९ मिलिलिटर र डोटीमा नौ मिलिलिटर वर्षा भएको थियो ।