महेन्द्रनगर । डडेल्धुराका समाजसेवी युवा मनका ढुकढुकी डडेल्धुराका दिन दुखी गरिव विपन्न दलित एकल महिला अनाथ वालवालिकाका आँखाका तारा विनय प्रकाश मल्लले विगतदेखी बिभिन्न क्षेत्रमा साथ र सहयोग गर्दै आएका छन् । अहिले उनले डडेल्धुराका तिनजना बिरामीहरुलाई सहयोग गर्ने तैयारी गरिरहेका छन् । डडेल्धुरामा जनप्रतिनिधी भन्दा बढी विश्वास अहिले मल्लको गरिदैँछ ।
आपत विपत, समस्या भयो भने पहिलो नाम मल्लको आउने गरेको समाजसेवी तथा युवा श्याम सिनालले बताएका छन् । यो समयमा स्थानिय तहका जनप्रतिनिधीले पनि गर्न नसकेको सामाजिक कार्य मल्ले गरेको उनले बताए । डडेल्धुरामा कुनै पनि व्यक्ती समस्यामा परेका छ अथवा कुनै पनि आर्थिक अभावमा गरिब दुखी अनाथ छटपटाई रहेको छ भन्ने थाहा पाउना साथ मल्लको मन रुने उनले बताए ।
डडेल्धुराको गन्यापधुरा गाँउपालिका वडा नम्वर ३ का प्रहरीमा कार्यरत मोटरसाईकल दुर्घटनामा परेका पिडित हर्केश विष्ट, गन्यापधुरा गाँउपालिका वडा नम्वर १ की क्यान्सर पिडित धर्मादेवी महता र अमरगढी नगरपालिका १ डोला झोर्ताका किर्ती बहादुर ऐरका छोरालाई थप उपचारको लागि आर्थिक सहयोग गरिने योजना रहेको मल्ले बताएका छन् ।
आफनो मल्ल किंग्स कम्पनी लिमिटेड टोकियो जापनमा कार्यरत कर्मचारीहरु र शुभचिन्तकहरु सँग सल्लाह गरेर सबैले सहयोग गर्नुपर्छ भन्ने प्रतिक्रिया आएपछि सहयोगको लागि तयारी थालिएको मल्ले बताए । आफुलाई डडेल्धुरा जिल्लाको नाम सुन्नासाथ अथवा कुनै पनि जिल्ला निवासीलाई समस्या भएको छ भनेर जानकारी पाउना साथ मन थाम्न सकदिैन मल्लले भने, आफुले केही सानो सहयोग गर्नपाए पनि हुने भनेर मनै देखी आउने उनले बताए ।
मल्लले सामाजिक संजालमा यस्तो लेखे
डडेल्धुराका जनप्रतिनीधी तथा ६ जना माननीयहरु राजनीतीका नाममा पद प्राप्तीका लागी बार्गेनिङ गर्नमै व्यस्त छन की गरिब पिडीत बिरामी जनता हरुको आवाज सुन्दैनन की देख्दैनन् ?महिनौ देखी उपचारका लागी पुकार गरिरहनु भएकी नारीको आवाज सुन्न र उपचारका लागी पहल गर्न समय भएन कि ? के उहाँ महाशायहरु नारा लगाउन ,आश्वासन दिनमै तथा रिबन काट्नमै व्यस्थ छन् ? गरिब पीडित बिरामी जनताहरु तथा राष्ट्रसेवक कर्मचारीको उपचारका लागी पहल गर्न नसक्ने सहयोग गर्न नसक्ने माननीयहरु तथा जनप्रतिनीधीहरु आखिर किन चाहियो ? नेता र पहुँच वालाको उपचारका लागी मात्र खुल्ने ढुकुटी गरिब जनताका लागी कहिले खुल्ने ? राजनीती भन्दा ठुलो मानबता हो मानबता भन्दा ठुलो जनता हो ।
Comments are closed.