महेन्द्रनगर । कञ्चनपुरका तीन जना किसान पुरस्कृत भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारको भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट कञ्चनपुरका तीन जना किसान पुरस्कृत भएका हुन् । पुरस्कृत हुनेमा भीमदत्त नगरपालिका ९ मा ड्रागन खेती गरेका ज्ञानेन्द्र महता, बेलौरी नगरपालिका ६ का किसान असारेराम बडायक उखु आलु खाद्यन्न बालीमा र शुक्लाफाँटा ११ का बंगुर पालक किसान कलावती भट्ट रहेका छन् ।
उनीहरुलाई प्रदेश सरकारले २५ हजार नगद, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेको हो । जिल्लामा उत्कृष्ट किसान छनौट गर्दा कृषी विकास निर्देशनालयले असोज २ गते सार्वजनिक सुचना जारी गर्दै सुदूरपश्चिम भरकिा सबै पालिकाबाट किसानहरु मार्फत आवेदन माग गरिएको कृषी ज्ञान केन्द्र कन्चनपुरका निमित्त प्रमुख हरिदत्त जोशीले बताए । ३० दिन भित्र उक्त निवेदन आई सक्नुपर्ने जस अनुरुप जिल्ला कृषि ज्ञान केन्द्र कञ्चनपुरमा १६ जना र भेटेनेरी पशु बिज्ञ कार्यालयमा ९ जना गरी २५ जनाले निवेदन दिएको उनले बताए ।
ति सबै किसानहरुलाई जिल्ला स्तरय कार्यक्रम कार्यान्वयन तथा व्यवस्थापन समिती अन्र्तगत रहेको प्राविधिक टोलीले पशु पालन र कृषिको क्षेत्रमा काम गरेका किसानहरुको खेत तथा कार्य स्थलमा गएर अनुगमन गरी प्राविधिक समितीले निर्माण गरेका प्रतिवेदन अनुसार छनौट गरिएको उनले बताए । कार्यक्रमका प्रमुख अतिथि रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा बोहराले काम गर्दमा कोही पनि सानो अथवा ठुलो नहुने बताए अहिले उहाँहरु पुरस्कृत हुनुभएको अब अरु नयाँ किसानहरुले पनि थप उर्जाका साथमा नविनतम कार्य गरेर पुरस्कारको रकम र पुरस्कृत हुने किसानको संख्यामा वृद्धि गर्नुपर्ने बताए ।
कृषि र पशुपालन आम जनताको दैनिकी जिवनसँग जोडिएको अवस्थामा जिवनको आधारमा जोडिएको महत्वपूर्ण विधा रहेको यो क्षेत्रलाई सबैले साथ र सहयोग गरिनु पर्ने बताए । अनुदान दिने बेलामा नियमति रुपमा जस्ले उत्कृष्ट कार्य गर्दछ त्यसलाई प्रोत्साहन र अन्य नयाँलाई पनि साथमा लैजान आग्रह गरे । उनले कृषि क्षेत्रमा धेरै किसान भएकाले उनीहरुको पनि प्रदेश सरकारले सम्मान गर्न सक्नुपर्ने उनको भनाइ थियो ।
कृषि निर्देशनालयका निमित्त निर्देशक यज्ञराज जोशीले सबै किसान दाजुभाईहरुले माटोमा मिहिनेत गरे सरकारले पनि विभिन्न योजना मार्फत साथ र सहयोग गर्ने बताए । कृषि तथा पशु पालन क्षेत्रमा धेरै किसान भएकाले उनीहरुको सम्मान र हौसलका लागि प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताए । सम्मानित हुने किसानहरुले अहिले बजरीकरणमा पनि उत्पादन लैजान सक्ने अवस्था नभएकाले त्यो व्यवस्थापनमा ध्यान दिन आग्रह गरे ।
Comments are closed.