कञ्चनपुरमा ८ महिनामा ४ सय ४८ जना क्षयरोगी

महेन्द्रनगर । कञ्चनपुरमा यो आर्थिक वर्षको फागुन सम्म ४ सय ४८ जना क्षयरोगका बिरामीहरु रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका क्षयकुष्ठ तथा प्रयोगशालाका प्रमुख नरेन्द्र रावलले जिल्लामा अहिले पनि क्षण्रेगका बिरामीहरु रहेको बताएका छन् ।

शुक्रवार क्षयरोग दिवस मनाई रहँदा उनले आर्थिक वर्ष ७६÷७७ मा ८ सय ७० जना ७७÷७८ मा ७ सय ४१ जना ७८÷७९ मा ८ सय ३३ जना रहेको जानकारी दिएका छन् । ‘हो हामी क्षयरोग अन्त्य गर्छाै’ भन्ने मुल नारा सहित कार्यक्रम मनाएको छ ।क्षयरोगको औषधी निशुल्क पाईने र सरकारले नियमित चेकजाँच गर्ने बिरामीलाई पोषण स्वरुप ५ सय मासिक दिने गरेको उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी क्षयरोगी भएको जिल्ला कैलाली हो । प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार कैलालीमा ७५३ क्षयरोगी छन् । प्रदेशमा एक हजार आठ सय ३४ क्षयरोगीको संख्या रहेकोमा कैलालीमा मात्र ७ सय ५३ क्षयरोगी छन् । कञ्चनपुरमा ४४८, डोटीमा ११२, बैतडीमा ११४, बाजुरामा ८९, बझाङमा ७९, दार्चुलामा ८७ र अछाममा ७८ जना क्षयरोगीहरु छन् । प्रदेशमा श्रावणदेखि फागुनसम्ममा उक्त संख्याका क्षयरोगी फेला परेका छन् ।

स्वास्थ्य निर्देशनालयका क्षय कृष्ठरोग अधिकृत मनोज ओझाले श्रावणदेखि फागुनसम्म एक हजार आठ सय ३४ जना क्षयरोगका बिरामी फेला परेको बताए । श्रावणदेखि फागुनसम्म सुदूरपश्चिममा १ हजार ८ सय ३४ जना क्षयरोगी फेला परेका छन् । उनीहरु उपचारमा आएका छन् । सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्षमा तीन हजार चार सय २४ जना क्षयरोगी फेला परेका थिए ।

प्रदेशमा आर्थिक वर्ष २०७७÷७८ मा दुई हजार आठ सय २६ जना क्षयरोगी फेला परेका थिए । प्रदेशमा गत आर्थिक वर्षमा एक सय १० जना क्षयरोगीको मृत्यु भएको थियो । सुदूरपश्चिममा एक वर्षमा एक सय १० देखि एक सय २० सम्मको संख्यामा क्षयरोगीको मृत्यु हुँदै आएको छ ।’ स्वास्थ्यकर्मीका अनुसार उपचार पाएका क्षयरोगीहरुमा ९० प्रतिशतमा निको हुन्छ ।

सम्बन्धित

Comments are closed.