महेन्द्रनगर । किसान बहुउद्येश्यीय सहकारी संस्था लिमिटेड दैजी शाखाले केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ । चैत्र १ देखी १८ गते सम्म सहकारीका ४२ वटै शाखामा केन्द्र प्रमुख गोष्ठीको आयोजना गरिने लक्ष्य अनुरुप कञ्चनपुरको दैजीमा पनि शनिवार उक्त कार्यक्रम गरिएको सहकारीका विभागिय प्रमुख रणबहादुर सावदले जानकारी दिए ।
संस्थाले गरेको कार्य गतिबिधी र संस्थाले गर्दै आएको कार्यहरुको विषयमा केन्द्र प्रमुखहरुलाई जानकारी प्रदान गर्न र आगामी दिनहरुमा के कसरी काम गर्न सकिन्छ भनेर तथा आगामी वर्षको निती तथा कार्यक्रम बनाउँदै गर्दा आगामी दिनहरुमा उहाँहरुबाट संस्थाको हितका लागि के कसरी अगाढी बढन सकिन्छ भनेर सल्लाह सुझाव संकलन गरी आएका राय सल्लाह सुझावको आधारमा आफुहरुले सहकारीको हकहितको पक्षमा रहेर कार्यान्वयन तथा योजना निर्माण गर्ने उनले बताए ।
कञ्चनपुरमा डेढ वर्ष अगाढी संचालनमा आएको सहकारीले राम्रो फडको मारेको छ । जिल्लामा ७ वटा शाखा कार्यलय अहिले संचालनमा रहेको र ति शाखामा ७ हजार ५ सय सदस्य शेयरकर्ता रहेको उनले बताए । २०५२ कार्तिक १७ गते २५ जना सदस्यले ६६ हजार ३ सय शेयर पूँजीबाट संचालन गरेको यो सहकारीले अहिले अरबौमा कारोवार गरिरहेको सहकारीका विभागिय प्रमुख रणबहादुर सावदले जानकारी दिए ।
यो आर्थिक वर्षको फागुन मसान्त सम्म ३८ करोड शेयर पूँजी रहेको छ भने, जगेडा कोषमा २० करोड रहेको र बचतमा ५ अर्ब ३० करोड रुपैँया रहेको उनले जानकारी दिए । यस्तै, सहकारीको लगानी ४ अर्ब २७ करोड रहेको छ भने, ७८ हजार ६ सय ५० जना शेयर सदस्य रहेको र तरलता अनुदान २३ प्रतिशत रहेको किसान बहुउद्येश्यीय सहकारीका संस्था लिमिटेड विभागिय सावदले बताए ।
सहकारीले अहिले तिन वटा क्षेत्रमा काम गरिरहेको छ जस अन्र्तगत बित्तिय संकलन गर्ने तथा वित्तीय कारोवार गर्ने, सहकारी सुफत पसल संचालन गरी सदस्यको उत्पादनको बजारीकरण गर्ने, आम नागरकिहरुलाई सहुलियत दरमा दैनिक उपभोग्य सामान उपलब्ध गराउन किसान मार्ट संचालन गरेको गरेको बताए । साथै बिभिन्न समयमा किसानहरुलाई कृषि सम्बन्धी बिभिन्न तालिम प्रदान गरी प्राविधीक ज्ञान पनि दिने उनले बताए ।
किसान सहकारीमा लागे पछि सहुलियत दरमा कर्जा लिएर व्यवसायमा लगानी गर्ने अवसर पाएको शान्ता अधिकारी भारती केन्द्र नम्वर २८३० को केन्द्र प्रमुखले बताईन् । १३ जना सदस्य रहेको उनको समुहमा सबैले कर्जा लिएर राम्रो व्यवसाय गरेको उनले बताईन् । कार्यक्रमका प्रमुख अतिथी एवम वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीले निजी संस्था सहकारी संस्था र सरकार आर्थिक नितीको रुपमा तिन खम्बाको रुपमा लिईएको छ । जस अनुरुप सहकारीले पनि देशको अर्थ तन्त्रमा ठुलो महत्व राख्ने बताईन् ।
सहकारी संस्था लगायत अन्य संघ संगठनले सुुसासनको मुल्य र मान्यता अनुसरण गर्न सकियो भने मात्र आर्थिक सबलिकरण गर्न सकिने बताईन् । यो सहकारी मा आवद्ध भएका महिला लगायतले आफुलाई रुपान्तरण भएको प्रती गौरव महसुस भएको बताए । साथै ईमान्दार भएर सहकारी मात्र नभएर जिवनमा जतासुकै गएपनि ईमान्दारिता भएन भने त्यो व्यक्ती कहिले पनि सफल नहुने बताईन् ।
आफुबाट जब रुपान्तरण हुदैनौ तब सम्म समुदायलाई पनि रुपान्तरण गर्न नसकिने नगर उपप्रमुख जोशीले बताईन् । आर्थिक सबलता र आर्थिक सक्षमता देखाएकोमा सबै शेयरकर्ता महिला दिदिबहिनीलाई धन्यवाद दिँदै, हामी सबै यसको हकदार हौ, हामी सबै मालिक हौ उनले भनिन, सम्बन्ध विकास गर्ने गरी, बिभिन्न कार्य गरेको सहकारीले आगामी दिनमा पनि आम समुदाय गरिब विपन्न महिलाहरुको हक अधिकारको लागि पनि कार्य गर्न प्रेरित गर्न चाहन्छु ।
नगर उपप्रमुख जोशीले महिला शेयर सदस्य जस्का श्रिमानहरुको मृत्यु भएको छ उनीहरु प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी थिईन् । उक्त कार्यक्रममा सहकारीले उत्कृष्ट सदस्य, उत्कृष्ट केन्द्र, उत्कृष्ट केन्द प्रमुख, किसान कोप शिक्षा वितरण, सदस्य सुरक्षण सुविधा वितरण गरेका छ । जस्मा नगद, सहित प्रमाणपत्र पनि वितरण गरिएको थियो ।