भीमदत्त १८ मा १ सय ३५ जना ज्येष्ठ नागरिकले आँखा शिविरबाट सेवा लिए

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ ले आयोजना गरेको ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सम्पन्न भएको छ । महेन्द्रनगरस्थित आँखा उपचार केन्द्रमा आयोजना गरिएको शिविरबाट १ सय ३५ जना जेष्ठ नागरिकहरुले सेवा लिएको भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रशाद देवकोटाले जानकारी दिएका छन् ।

उक्त मध्ये १ सय ३५ जना मध्ये ७० जना जेष्ठ नागरिकलाई निशुल्क रुपमा चश्मा वितरण गरिएको र १३ जनाको आँखाको शल्यक्रिया गरिने उनले बताए । आगामी दिनहरुमा पनि वडाले बिभिन्न गैरसरकारी संघसंस्था, पालिकामा समन्वय गरेर गरिब अति विपन्न परिवार लक्षित सवास्थ्य शिविरको आयोजना गरिने अध्यक्ष देवकोटाले बताए । आर्थिक अवस्था कमजोर भएर आँखाको उपचार नपाएका जेष्ठ नागरिकलाई यो शिविरको आयोजना गरिएको उनले बताए ।

हातबाट गरिने शल्यक्रिया निशुल्क गरिने र मेसिनबाट गरिने शल्यक्रियामा समन्वय गरेर कम शुल्कमा उपचारमा सहयोग गरिने भएको छ । भीमदत्त नगरपालिका मेयर पदम बोगटीले शिविर उद्घाटन गरेका थिए । मेयर बोगटीले शिविरबाट ज्येष्ठ नागरिकलाई सहज रुपमा सेवा उपलब्ध हुने उल्लेख गर्दै आगामी दिनमा पनि नगरपालिका र वडा कार्यालय स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्दै जाने बताए ।

१८ नम्बर वडामा कार्यक्रम गरी ज्येष्ठ नागरिकको आँखा जाँच कार्यक्रम राखिएकोमा म वडा अध्यक्ष लगायतका टीमलाई उनले धन्यवाद व्यक्त गरेका छन् । ज्येष्ठ नागरिक समाजका केन्द्रीय उपाध्यक्ष गिरीले आगामी दिनमा ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षाका लागि कार्यक्रम गर्नु पर्ने आवश्यकता औंल्याए । आँखा अस्पताल महेन्द्रनगरका केन्द्रका नेत्र अधिकृत डा. बीर सिह धामीले आँखा जाँचपछि उपचार गर्नु पर्ने सबैको उपचार गरिने बताए ।

जेष्ठ नागरिकहरुलाई निशुल्क रुपमा उपचार गरिएको तथा मोती वन्दुको अपरेसन पनि निशुल्क रुपमा गरिएको उनले बताए । भीनपा १८ नम्बर वडा कार्यालयल नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र आँखा अस्पताल महेन्द्रनगरको प्राविधिक सहयोगमा शिविरको आयोजना भएको थियो ।

सम्बन्धित

Comments are closed.