समाजसेवी आग्रीद्धारा भारतिय दर्शनार्थीहरुका लागि निशुल्क पानीको व्यवस्था

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ५ का समाजसेवी दिवान आग्रीले सिद्धनाथ मन्दिरमा आउने भारतिय दर्शनार्थीहरुलाई निशुल्क पानीको व्यवस्था गरेका छन् । अहिले नवरात्री चलिरहेको छ, सोही अवसरमा भारतबाट पनि दर्शनार्थीहरु नेपालमा आउको अवसरमा उनिहरुलाई निशुल्क पानिको व्यवस्था गरिएको हो ।

नवरात्र सुरु भएको दिनदेखी भारतबाट आउने भारतिय दर्शनार्थीहरुको गर्मी समयमा प्यास मेटाउनको लागि निशुल्क रुपमा पानीको व्यवस्था गरेको उनले बताए । अहिले भारतको धार्मिक श्थल पूर्णागिरीमा मेला लागेको समयमा उता दर्शन गरेपछि नेपालमा रहेको सिद्धनाथ मन्दिरमा पनि दर्शन गर्नुपर्ने धार्मिक जनविस्वास रहेकोले दर्शन गर्न आउने सबैलाई निशुल्क खानेपानीको व्यवस्था गरेको उनले जानकारी दिए ।

आफुले विगतको वर्षहरुमा पनि यस्तै खानेपानी वितरण गरेको र अहिले पनि यो नवरात्रीको अवसरमा दर्शनर्थीहरुलाई निहुल्क रुपमा पानी वितरण गरेको उनले बताए । भारतबाट आउने भक्तजनहरुलाई नेपालमा आएपछि खानेपानीको समस्या नहोस तथा नेपालबाट दर्शन गरेर भारतमा जाँदा राम्रो सन्देश जावस भन्ने हेतुले पनि यो कार्य गरिएको उनले बताए ।

अहिले दैनिक ५ हजारदेखी ७ हजारको हाराहारीमा भारतिय दर्शनार्थीहरु महेन्द्रनगरमा रहेको सिद्धनाथ मन्दिरमा दर्शन गर्न आएको सिद्धनाथ मन्दिर व्यवस्थापन समितीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.