महेन्द्रनगर । कञ्चनपुरमा ग्यास सिलिन्डरहरु कम तौलको रहेको पाईएको छ । बजारमा रहेका बिभिन्न ग्यास सिलिन्डरहरुको तौल गर्दा ३ सय ग्राम देखी आधा किलो सम्म ग्यासमा तौल कम रहेको पाईएको हो । अहिले बजारमा रेडियन्ट, सैपाल, भेरीका ग्यासहरु उपभोक्ताहरुले प्रयोगमा ल्याईरहेका छन् ।उपभोक्ताले अहिले एउटा ग्यासको बजार मुल्य १८ सय तिरेर खरिद गरिरहेका छन् भने उक्त सिलिन्डरमा हालेको मुल्य भन्दा कम ग्यास रहेको पाईएको हो ।
वेदकोट गरपालिका ६ का स्थानिय मोहन सिंह धामीले सिल बन्द रहेको नयाँ ग्यास तौलेर किन्दा उनले रेडियन्ट ग्यासमा आधा किलो ग्राम कम रहेको र सैपाल ग्यासमा ३ सय ग्राम तौल कम रहेको बताएका छन् । ‘ग्यास किन्न पसलमा गए अरु दिन पैसा दिएर ग्यास लगेर जाने गरेको थिए’ उनले भने, ‘तर आज ग्यास तौलेर लैजाँउन भनेर तौल गरेको ५ वटा तौल गर्दा पनि भनेको तौल अनुसारको ग्यास सिलिन्डर नै पाईएन’ ‘ग्यासको सिलिन्डरमा नै तौल लेखिएको हुन्छ’ उनले भने ‘खाली सिलिन्डर १५ किलो २ सय ग्राम देखी ३ सय ग्राम पनि हुन्छ र ग्यास १४ किलो २ सय ग्राम हुन्छ दुबैलाई जोडदा जम्मा तौल २९ किलोग्राम २ सय देखी ३ सय ग्राम हुनुपर्नेमा उक्त तौल भएको ग्यास सिलिन्डर नै छैन पसलमा ’ ।
यो महँगाईमा उपभोक्ताले पुरै तौलको ग्यासको पैसा तिर्नुपर्ने तर पैसा दिए बराबरको ग्यास नभहुनु भनेको यो कालोबजारी भयो नी यसरी कालोबजारी गरेर ग्यास सिलिन्डर कम्पनी बेच्दा पनि सरकारले कारवाही नगर्ने कस्तो नियम हो ? उनले प्रश्न गरे, यता ग्यास सिलिन्डर बेच्ने व्यापारीहरुले भने कम्पनीबाट नै सिल बन्द भएर आउने भएकाले आफुहरुले ग्यास सिल निकालेर कालोबजारी नगरेको बताए ।
यसमा कम्पनीको नै दोष रहेको व्यापारीले दावी गरे, यता, गोदावरी नगरपालिका ३ मालाखेतीमा रहेको रेडियन्ट ग्यास उद्योगका म्यानेजर हरी उपाध्यायले कम्पनीमा सबै गयास सिलिन्डरहरु मेसिनबाट भर्ने गरेको बताए । ग्यास सिलिन्डरमा भरिसकेको पछि फेरी नापतौल विभागले छाप लगाएको काँटामा राखेर तौल एकिन पश्चात मात्रै बजारमा लैजाने गरेको बताए ।
यदी त्यस्तो कम तौल भएको ग्यास सिलिन्डर फेला परेमा कम्पनीले फिर्ता लिने र फेरी ग्यास भरेर दिने उनले बताए । यस्तै गोदावरी नगरपालिका १ गेटा आँखा अस्पताल नजिक रहेको सैपाल ग्यास सिलिन्डरका सेल्स म्यानेजर आदर्श भटटले पनि मेसिनबाट तौल गरेर ग्यास फिलिङ गरेर नै बजारमा जाने भएकाले तौलमा कमी नभएको दावी गरे, यदी तौल कम भएमा ग्यास सिलिन्डरहरु कम्पनीमा नै फिर्ता हुने उनले बताए ।
Comments are closed.