महेन्द्रनगर । कैलालीमा स्कुटर दुर्घटना हुँदा कञ्चनपुरका ५० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको छ । बुधबार राति धनगढीबाट अत्तरियातर्फ आउँदै गरेको से.५ प ४६८४ नम्बरको स्कुटर गोदावरी नगरपालिका–१ मनहरास्थित सडकमा दुर्घटना हुँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ बस्ने ५० वर्षीय ५० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार सडकमा आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालक चौधरी गम्भीर घाइते भएका थिए । उनलाई सुरुमा अत्तरियास्थित पदमा अस्पतालमा लगिएको थियो । पदमाले सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरेको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Comments are closed.