बुढिनन्दा नगरपालिका १० का निवर्तमान वडाअध्यक्ष बोहराको मृत्यु

महेन्द्रनगर । बुढिनन्दा नगरपालिका १० का निवर्तमान वडा अध्यक्ष सतबिर बोहराको मृत्यु भएको छ । स्थानिय तहको पहिलो निर्वाचान २०७४ बाट निर्वाचित वडाअध्यक्षको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट रिफर गरी बिचबाटोमा मृत्यु भएको हो ।

बोहराको मस्तिस्क घात भएको हुन सक्ने भन्दै कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले रिफर गरेको र बिचबाटोमा पुग्दा मृत्यु भएको आफन्तले बताएका छन ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले सिटी स्क्यान गर्नुपर्ने र जिल्ला बाहिर जान रिफर गरेको जनाएको छ । बोहरा २०७४ मा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

सम्बन्धित

Comments are closed.