स्वीट नेपालको सहयोगले कृषि र व्यापारमा जम्दै महिलाहरु

महेन्द्रनगर । पुर्नवास नगरपालिका वडा नम्वर २ अमरैया राना टोल वर्ष ५० की अंगारमती राना एकल महिला हुन उनका श्रिमान दरबारी रानाको २०६२ सालमा भारतमा दुर्घटनामा परी मृत्यु भयो, एक छोरा एक छोरी सानै थिए उनिहरुको पालन पोषण शिक्षा स्वास्थ्य सबै जिम्मेवारी उनको काँधमा आया उनले गाँउमा सानो किराना पसल, ज्याला मजदुरी गर्दै कृषी क्षेत्रमा पनि काम गर्दै आएकी थिईन ।

उनले सधैभरी आफनो १० कट्टा जग्गामा धान र गहुँ लगाउने गर्थिन, आर्थिक रुपमा निकै कमजोर रानाले पैसाको अभावले आफना छोराछोरीलाई पढाउन सकिनन् । पढाउने ईच्छा हुँदाहुँदै पनि पैसा नभएको कारणले पढाउन सकेन उनले भनिन् । गत वर्ष पालिकाको वडा कार्यालयमा स्वीट नेपाल नामक संस्थाले अति विपन्न गरिब एकल महिलालाई तालिम दिने, कृषी सामग्री दिने भन्ने थाहा पाएपछि आफनो नाम पनि सिफारिस भएपछि संस्थाले बिभिन्न समयमा दिएको तालिमले अहिले आफनै समुदायमा २३ जना महिलाहरुले हल्दी अदुवा समुह नै बनाएर हल्दी अदुवा उत्पादन गरेर काम गरिरहेको उनले बताईन् ।

पहिले पनि यो खती गर्दै आएको भएपनि तरिका थाहा नभएर कम उत्पादन हुने, भण्डारण गर्ने तरिका, बजारीकरण गर्ने तरिका सबै थोक तालिमबाट सिकेर अहिले संस्थाले दिएका बिँउ,कृषीऔजारहरु प्राङगारिक मल लगायत सहयोगले यो वर्ष २ कठ्ठामा ३ क्विन्टल भन्दा बढी उत्पादन गरिएको उनले बताईन् । उनको समुहमा अहिले खुशी अँझ थपिएको छ । गत महिना मात्रै स्वीट नेपाल र यूएनडिपी संस्थाले बेसार मसला पिस्नको लागि मिक्स मिल मेसिन सहयोग गरेको संस्थाका अध्यक्ष अमिर तिरुवाले बताएका छन् ।

अहिले उक्त मेसिनले बेसार लगायत अन्य मसलाहरुलाई पिस्ने र त्यँहाबाट पनि आर्थिक उपार्जन गर्न सकिने भएको छ । काँचो बेसार ३० रुपैँया र पिसेर पाउडर बनाए पछि ३ सय रुपैँया किलोग्राममा बेच्ने गरेको रानाले बताईन् । उनले यो अर्थिक वर्षमा डेढ क्विन्टल बेसार बेचेर र राम्रो आम्दानी गरेको बताईन् । पहिलो पटक बेचेर राम्रो आम्दानी गरे पछि उनले संस्थालाई धन्यवाद पनि दिएकी छिन् । संस्था नभएको भय आफुले सिप, मसिन केही पनि नपाउने र नसिक्ने बताईन् ।संस्थाले गरेको सहयोगले आफु लगायत समुहका अन्य महिलाहरुले राम्रो उत्पादन गरी कमाई पनि गरेको बताईन् ।

यस्तै पुर्नवास नगरपालिका २ की अर्की जनजाती महिला हुन विश्ना राना उनलाई पनि संस्थाले हाते ठेला सहयोग गरेको छ । अहिले उनी उक्त हाते ठेलालाई गाँउगाँउमा लगेर सामान बिक्रिी गर्दै आम्दानी गरिरहेकी छिन् । अहिले दैनिक १ हजार भन्दा माथी नै बिक्री गरी दैनिक २ सय देखी ३ सय रुपँैँया नाफा बचत गरेको उनले बताईन् । ४ महिना पहिला संस्थाले हाते ठेला सहयोग गरेको थियो ।विगतमा गाँउमै मजदुर गरी खाने बिस्ना रानाले अहिले मजदुरी गर्नु पर्दैन, उनले आफनै ठेलामा बिभिन्न सामानहरु राखेर बेच्ने गरे पछि आम्दानी र व्यापारी बन्ने सपना पनि पुरा हुँदै गएको उनले बताईन् ।

यस्तै, पुर्नवास नगरपालिका ७ च गाँउ की कमला चौधरीले च्याँउ खेती गरेर मनग्य आम्दानी गरिरहेकी छिन् । स्वीट नेपालले उनी लगायत अन्य महिलाहरुलाई ३ पटक तालिम दिएपछि र उनिहरुलाई आवस्यक पर्ने च्याउको बिउ, च्याउ राख्ने प्लाष्टिकको पोका, कालो प्लाष्टिक, ढुसी नासक विषादी, फर्मालिन, हजारी, च्याउ राख्ने क्यारेट लगायत सहयोग गरेपछि महिलाहरुले च्याउ खेती गरेर राम्रो आम्दानी गरेका छन् ।

कमला चौधरीले १ किलोग्राम च्याउको ३ सय रुपैँया सम्म बिक्री गरेको बताईन् । उनले यो सिजनमा १ सय ५० पोकामा च्याउ उत्पादन गरेर राम्रो कमाई गरेको उनले बताईन् । उनले मौसमी भन्दा बेमौसमी बेलामा पनि च्याउ उत्पादन गर्न पाए अझ बढी फायदा हुने बताईन् । कञ्चपुरको पुनर्वास नगरपालिकामा रहेका दलित, जनजाती, एकल महिलाहरुलाई स्वीट नेपालले आर्थिक जिविकोपार्जन गर्नमा सहज होस भनेर बिभिन्न कृषी सामग्री तथा बिभिन्न कृषी जन्य उत्पादन बढाउन बिभिन्न कार्यक्रम, तालिमहरु प्रदान गरेको छ ।

यूएनडिपी र पुर्नवास नगरपालिकाको सहयोगमा “एकिकृत जिविकोपार्जनको पहलद्धारा कोभिड १९ पुर्नप्राप्ती परियोजना” स्वीट नेपालले पुर्नवास नगरपालिकाका ६ वटा वडाहरुमा संचालनमा ल्याएको संस्थाका अध्यक्ष अमिर तिरुवाले जानकारी दिएका छन् । विगत एक वर्षदेखी पालिकाका ६ वटा वडामा संचालनमा रहेको परियोजनाबाट र पालिकाको सहयोगमा जनजाती, दलित एकल महिलाहरुलाई कृषी सम्बन्धि बिभिन्न तालिम, ५० परिवारलाई महिलाहरुको नेतृत्वमा च्याँउ खेती लघुउद्यम स्थापना, २० परिवारलाइ पोली हाउस निर्माण तथा बेमौसमी तरकारी उत्पादन गर्ने तालिम प्रदान गरिएको उनले बताए ।

साथै, १० वटा समुहलाई उच्च प्रबिधी तरकारी वर्षभर विरुवा उत्पादन गर्ने, ४० परिवारलाइ अदुवा र बेसार नगदवाली खेती व्यवसाय विस्तार गर्ने, साथै प्रसोधन प्रणाली सहयोग गर्ने, ५० परिवारलाई कृषक पाठशाला, ७० परिवारलाई उन्नत पशुपालन व्यवसाय विस्तार गर्ने लगायतको कार्यक्रम गरिएको कार्यक्रम व्यवस्थापक अमित सुनारले बताए ।

सम्बन्धित

Comments are closed.