कञ्चनपुरमा दुई थान मोटरसाइकलसहित अवैध सामान बरामद

महेन्द्रनगर । कञ्चनपुरमा करिब दुई लाख तीन हजार तीन सय बराबरको अबैध सामान बरामद गरिएको छ । कृष्णपुर नगरपालिका–८ को बिरेन्द्र सामुदायिक वन गौडीबाट दुईवटा मोटरसाइकलसहित अवैध सामान बरामद गरिएको हो ।

जिल्लाको कृष्णपुर नगरपालिका–८ को बिरेन्द्र सामुदायिक वन गौडीबाट दुई थान मोटरसाइकलसहित प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो। इलाका प्रहरी कार्यालय झलारी र ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा से.३ प. १३६७ र से.३ प. ६७३६ नम्बरका दुई थान मोटरसाइलकसहित भन्सार छलीका सामान बरामद गरेको छ ।

कुलर तीन थान, बिभिन्न कम्पनीका जुत्ता, स्टेप्लाईजर, पिठो गरी करिब दुई लाख तीन हजार तीन सय मुल्य बराबरका सामान प्रहरीले जफत गरेको हो। मोटरसाइकलसहित भन्सार छलीका सामान भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.