भारतीय एसएसबीद्धारा नेपालीहरुलाई कुटपिट,प्रशासन भन्छ निवेदन आएको छैन

महेन्द्रनगर । भारतीय एसएसबीले नेपालीहरुलाई कुटपिट गरेका छन् । भीमदत्त नगरपालिका १० गड्डाचौकीका सुरेन्द्रसिंह कार्कीलाई भारतिय एसएसबीले कुटपिट गरेको उनले बताएका छन् । आफनो भाई र बुहारी भारतको बेङगलोरबाट आउँदा राती पर्ने भएपछि आफु राती ९ बजे बनबासा जान पाईन्छ वा पाईदैन भनेर सोधपुछको लागि जाँदा भारतिय एसएसबीले कुटपिट गरेको उनले बताए ।

‘मोटरसाईकलमा जाँदा बाटोमा रोकेर यती राती किन आउको भन्दै एक लठ्ठी पिठ्युमा हाने त्यस पछि आफनो हाकीमलाई भेटन जाउ भन्दै जंगलमा पठाए’ उनले भने, ‘त्यँहा हाकीमले पनि लठ्ठी पिठ्युमा हानेर घाउ बनाएको छ’ आफनो पिठ्युको घाउ देखाउँदै उनले भने, पछि अटो चलाउने २ जनालाई पनि एसएसबीले आफनै आँखा अगाढी कुटपिट गरेको उनले बताए । यसरी अनाहकमा नेपाली माथी भारतीय एसएसबीको दादागिरीले स्थानिय त्रसित भएका छन् । नेपालबाट रातीको समयमा पनि भारतीय नागरिकहरुलाई भारत जाने वातावरण सहज भएपनि भारतमा अहिले पनि नेपालीहरुलाई एसएसबीले दुख दिने गरेको उनले बताए ।

स्थानिय भुपेन्द्र क्षेत्रीले समय समयमा भारतिय एसएसबीले ज्यादती गरिरहेको उनले बताए । अनाहकमा नेपाली दाजुभाईहरुलाई दुख दिने पिटने कार्य भईरहेको उनले बताए । गल्ती गरेपछि सोधपुछ गरिनु ठिक हो तर त्यतिकै पनि दुख दिने कार्य गलत भएको बताए । आफुहरु सरकार नभएको जस्तो महसुस गरेको उनले बताए । नेपालबाट भारत जाने भारतियहरुलाई नेपाल प्रहरीले जान दिन्छ तर भारतमा भने दुख दिने कार्य गरिएको उनले बताए ।

यता जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले आधीकाराकि रुपमा कुनै पनि जानकारी नआएको तर प्रहरीबाट सुचना पाएको बताए । उक्त विषयमा नेपालबाट जाँदा सुरक्षा निकायसँग कुनै पनि समन्वय नगरी भारत तर्फ गएको उनले बताए । साथै भारतमा गएपनि एसएसबी ले अमानविय व्यवहार गर्न नहुने उनले बताएका छन् । यदि त्यस्तो अवस्थामा फेला पारे पनि नेपाल प्रहरीलाई जिम्मा लगाउनु पर्ने भएपनि अभद्र व्यवहार गर्न नहुने उनले बताए । साथैउक्त विषष्मा कुनै पनि निवेदन नआएको भएर भारततर्फको सुरक्षा निकायसँग कुनै पनि कुरा नभएको उनले बताए ।

सम्बन्धित

Comments are closed.