कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुदा एकको मृत्यु २ जना घाईते

महेन्द्रनगर । दैजी बेलडाँडी सडक खण्डमा मोटरसाईकल दुर्घटना भएको छ । दुर्घटनामा परि मोटर साईकलमा सवार चालक सहित ३ जना मध्ये १ जनाको मृत्यु भएको छ, भने अन्य दुई जना गम्भीर घाईते भएका छन् । दुर्घटना बडिनिखेडा आर्मी चेक पोष्ट भन्दा १ किलोमिटर जंगल तर्फ भएको जनाईएको छ ।

सोमबार दिउसोको समयमा घटना भएको हो । टेकराज भट्टले चलाएको सु.प.प्र.०२ ००३ ४६७१ नम्बरको स्पेलेण्डर मोटरसाईकलमा सवार बेलडाँडीका स्थानिय ८ बर्षिय बालक इस्वाद ठकुरीको मृत्यु भएको जनाईएको छ । उनको महाकाली अस्पताल पुर्याउदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल एक्कासि नहरमा गएपछि दुर्घटना भएको हो ।

मोटर साईकल चलक भट्ट र सवार ८ बर्षिय अर्चना जोशी भने गम्भिर घाइते भएका छन् । जोशि रौलेश्वर आदर्स जनता बहुमुखि म्याम्पस चिप प्रयागराज जोशिका छोरी हुन । उनी मामा घर महेन्द्रनगर जाँदै थिईन ।
घाइते भएका दुबैलाई अहिले धनगढी रेफर गरिएको अर्चनाका बुवा प्यागराज जोशिले जानकारी दिनु भयो । उहाँका अनुसार दुवै जनाको धनगढीको मया मेट्रोमा अस्पतालमा उपचार भईरहेको बताए ।

सम्बन्धित

Comments are closed.