महेन्द्रनगर । स्वीट नेपाल कंञ्चनपुरको आयोजना तथा युएनडिपी नेपाल र पुर्नबास नगरपालिकाको सहयोगमा संचालित एकिकृत जिविकोपार्जनको पहल द्धारा कोभिड १९ पुर्नप्राप्ति परियोजनाको समापन कार्यक्रम सम्पन्न भएको छ । युएनडिपी र पुर्नबास नगरपालिकाको आर्थिक सहयोग र स्वीट नेपालको आयोजनामा पुर्नबास नगरपालिकाको वडा न १,२,५,६,७ र ११ मा लागु गरिएको कोभिड पुर्नप्राप्ति परियोजनाको आज समापन समारोह पुर्नबास नगरपालिकाको हलमा सम्पन्न भएको हो ।
२ करोड बजेट भएको यो परियोजनामा कृषि,पशुपालन,ब्यवसायिक,उद्यमी लगायतका कार्यक्रमहरु संचालनमा ल्याई आर्यआर्जनमा बृद्धि गर्ने लक्ष्य लिएको थियो । स्वीट नेपाल कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाको अध्यक्षता र पुर्नबास नगरपालिका नगरप्रमुख तोया प्रसाद शर्मा प्रमुख अतिथी हुनुहुन्थ्यो भने बिशिष्ट अतिथिमा पुर्नबास नगरपालिका नगरउपप्रमुख भुलिया कुमारी राना र युएनडिपीका सुदुरपश्चिम प्रदेशका प्रमुख बैजन्ती गिरी सिह हुनुहुन्थ्यो ।
कार्यक्रममा सबै वडाका वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो कार्यक्रममा स्वीट नेपालका संस्थापक कृष्ण सिह देउपाले कार्यक्रमको उदेश्य र स्वीट नेपालले गर्ने कार्यक्रमका बारेमा जानकारी गराएका थिए भने कार्यक्रममा बर्षभरी कार्यक्रमबाट भएका उपलब्धीहरुका बारेमा कार्यक्रम ब्यवस्थापक अमित सुनारले प्रस्तुतीकरण मार्फत जानकारी गराएका थिए । कार्यक्रममा किसानहरुका तर्फबाट आफुले गरेका सफल अभ्यासका बारेमा टेक ब देउपा र सनिज्ञा चौधरीले जानकारी गराएका थिए ।
उनीहरुले स्वीट नेपालले गरेको सहयोगबाट आफुले अगालेको पेशामा दक्ष भएको र ३ लाख भन्दा बढी मुनाफा कमाएको कुरा समेत सेयर गरेका थिए । कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत गणेश सिह ऐरीले कार्यक्रम सफल भएकोले खुसी ब्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख तोया प्रसाद शर्माले आफनो क्षेत्रमा यो नमुना काम गरिदिएकोमा युएनडिपी र स्वीट नेपाललाई धन्यवाद दिएका थिए उनले अझै यस्तो कार्यक्रमहरु यस क्षेत्रमा गर्नका लागी अनुरोध समेत गरेका छन ।
त्यसैगरी उपप्रमुख भुलिया कुमारी रानाले अझै बाकी वडाहरुलाई समेत समेटने गरी कार्यक्रम अगाडी बढाईदिनका लागी अनुरोध समेत गरेका थिए । त्यसैगरी पुर्नबास नगरपालिका वडा न ११ का अध्यक्ष तुलसी प्रसाद अर्यालले यो कार्यक्रमबाट प्रत्यक्ष रुपमा अति बिपन्न समुदायका ब्यक्तिहरु लाभान्वित भएकोमा खुसी ब्यक्त गरेका छन । यसैगरी कार्यक्रमका बिश्ष्टि अतिथी युएनडिपी नेपाल सुदुरपश्चिम प्रदेशका प्रमुख बैजन्ती गिरी सिहले गरिबहरुलाई छनौट गरी उनीहरुको जिवीकोपार्जनमा सुधार ल्याउन महत्वपुर्ण भुमीका निर्वाह गरेकोमा पुर्नबास नगरपालिका र स्वीट नेपाललाई धन्यवाद दिएका छन ।
उनले अझै यस्ता कार्यक्रमहरु आयो भने यसक्षेत्रका बाकी क्षेत्र तथा ब्यक्ति,समुदायलाई सहयोग गर्न पछि नपर्ने प्रतिबद्धता समेत जनाएका छन । कार्यक्रममा अतिथीहरुलाई खादा माला लगाई स्वीट नेपालका जेटिए लक्ष्मी बलमे गरेकी थिईन । समापन कार्यक्रमा स्वीट नेपालले साझेदारीका पुर्ण रुपमा सहयोग गर्ने नगरपालिका पुर्नबास नगरपालिका र युएनडिपीलाई प्रमाणपत्र सहित सम्मान गरेको छ संस्थाका अध्यक्ष अमिर तिरुवा र संस्थापक अध्यक्ष कृष्ण सिह देउपाले सयुक्त रुपमा प्रमाणपत्र प्रदान गरेका थिए ।
सोही कार्यक्रममा उत्कृष्ठ काम गरेबाफत स्वीट नेपाल संस्थालाई धन्यवाद सहित पुर्नबास नगरपालिकाका नगरप्रमुख तोया प्रसाद शर्मा र उपप्रमुख भुलिया कुमारी रानाले सयुक्त रुपमा स्वीट नेपाल लाई सम्मान गरेका थिए । कार्यक्रमको संचालन स्वीट नेपालका कार्यक्रम ब्यवस्थापक अमित सुनारले संचालन गरेका थिए । कार्यक्रममा ५० भन्दा बढी ब्यक्तिहरुको सहभागिता रहेको थियो ।