महेन्द्रनगर । कैलालीमा ज्यान मार्ने उद्योगका एक फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिकाबाट फरार प्रतिवादी पक्राउ परेका हुन्। धारीलो हतियार प्रहार गरी घाइते बनाएर फरार भएको आरोप लागेका जानकी गाउँपालिका– ९ वुर्वी खैरीफाँटाका २७ बर्षीय रमेश माझी प्रक्राउ परेका छन्।
पक्राउ परेका माझीसहित ५ जना माथि स्थानीय २१ बर्षीय आकाश विक र २७ बर्षीय ललित विकमाथि धारीलो हतियार प्रहार गरी घाइते बनाएको आरोप छ। माझी सहितका ५ जनाले पुस ३० गते आकाश र ललितमाथि धारीलो हतीयार प्रहार गरी घाइते बनाएको भन्दै उजुरी परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
आरोपित माझिलाई मंगलबार प्रहरी चौकी अमरावतीबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो। उनलाई ईलाका प्रहरी कार्यालय टिकापुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।
Comments are closed.