महेन्द्रनगर । पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमितहरुको संख्या बढदै जान थालेको छ । मंगलवार कञ्चनपुरमा १ जनासहित सुदूरपश्चिमभरमा १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाका एक जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालय राजपुर डोटीले ६ सय ९४ जनाको ऐन्टिजिन र पिसिआर बिधिबाट परिक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अहिले भारतमा पनि कोरोना दर बढदै गएपछि नयाँ वर्ष मनाउन नेपाल आउने नेपालीहरुमा जोखिम बढी रहेको चिकित्सकहरुले बताएका छन् । नयाँ भेरियन्ट बढी घातक नरहे पनि यसले दीर्घ रोगी, वृद्धवृद्धा, बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूमा बढी असर गर्न सक्ने हुँदा सतर्कता अपाउनु पर्ने उनिहरुकोे सुझाव छ ।
यस्ता समूहका मानिसहरूमा कोरोनाको जुनै भेरियन्ट आए पनि जोखिम हुने उल्लेख गर्दै परिवारका अन्य सदस्यले ख्याल प¥याउनु पर्ने उनीहरूको भनाइ छ । पछिल्लो समय मानिसहरूले मास्क लगाउनेदेखि भौतिक दूरी कायम गर्नेजस्ता जनस्वास्थ्यको मापदण्ड पालना गर्न छाडेका कारण पुनः यसलाई पालना गर्नुपर्ने उनीहरूको जोड छ ।
साथै सरकारले पनि नयाँ भेरियन्टका कारण निम्तिने जोखिमलाई मध्यनजर गर्दै विमानस्थल र भारतसँग जोडिएका नाकाहरूमा निगरानी बढाउनुपर्ने उनीहरूको सुझाव छ ।