कैलालीमा प्राध्यापकबाटै क्याम्पसमा तालाबन्दी

महेन्द्रनगर । कैलालीमा प्राध्यापकले नै क्याम्पसमा तालाबन्दी गरेका छन् । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा प्रध्यापकबाटै क्याम्पस प्रशासनमा तालाबन्दी गरिएको हो। बुधवार आन्दोलनरत प्रध्यापकहरुले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दे क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन।

क्याम्पस प्रशासनको लापरबाही, व्यापक गुटबन्दी, प्रशासनिक र पद्धतिगत अस्तव्यस्त भएको भन्दै आन्दोलन गर्नु परेको प्रध्यापकहरुले बताएका छन्। समस्या समाधानका लागि लागि सञ्चालक समितिसँग पहल, अनुरोध गदै आएको तर क्याम्पस प्रशासनले बेवास्ता गर्ने र अभियानमा लागेकालाई धम्काउने गरेपछि आन्दोलनमा उत्रिनु परेको प्राध्यापकको गुनासो छ।

सञ्चालक समिति समितिले मागपत्र बुझ्न समेत नमानेपछि बाध्य भएर क्याम्पस प्रशासनमा तालाबन्दी गर्नु परेको आन्दोलनरत प्रध्यापकहरुले बताएका छन्। माग सुनुवाइ थप कदम चाल्न बाध्य हुने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार क्याम्पस प्रशासन, सञ्चालक समिति हुने विज्ञप्तिमा भनिएको छ।

सम्बन्धित

Comments are closed.