कैलालीबाट २१ बर्षपछि फरार प्रतिवादी पक्राउ

महेन्द्रनगर । कैलालीबाट २१ बर्षपछि फरार प्रतिवादी पक्राउ परेका छन् । कैलालीको धनगढीबाट सवारी ज्यान मुद्दामा फरार प्रतिवादी प्रक्राउ परेका हुन् । सवारी ज्यान मुद्दामा जिल्ला अदालत कैलालीले १ महिना कैद ३ सय जरीवाना भई फरार रहेका धनगढी उप–महानगरपालिका – ४ बस्ने बर्ष ६० बर्षीय आसवानी शर्मा पक्राउ परेका हुन ।

उनलाई जिल्ला अदालत कैलालीले २०५८ साल असोज १० गते उक्त सजाय तोकेको थियो । सो समयदेखि प्रहरीको फरार सूचिमा रहेका शर्मालाई अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिगएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका शर्मालाई जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.