भीमदत्त नगरपालिका ११ का स्थानिय, बुद्धिजिवीहरुले भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीलाई ७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । बिहिवार भीमदत्त नगरपालिकामा आएर आफनो मागहरु एक हप्ताभीत्र सम्बोधन हुनुपर्ने भन्दै ज्ञापनपत्र बुझाईएको भैरबराज भट्टले जानकारी दिएका छन् ।
पालिकाका प्रमुख, उपप्रमुख, जनप्रंतिनिधीहरुलाई, वडा नम्वर ११ मा भईरहेको नकारात्मक कार्यको रोकथाम होस र अन्य समस्याको समाधान गरियोस भनेर ज्ञापन पत्र दिएको उनले बताए । महाकाली नदीबाट उठाईएका सामग्रीको रोयल्टीमा व्यापक लुट मच्चिएको अवस्थामा उक्त रोयल्टी उठाउने कर्मचारीले भीमदत्त नगरपालिकाको छाप बिना रोयल्टीको बिल काटिएको फेला परेको र उक्त रोयल्टी भनेको सरकारको राजश्व भएकाले त्यसमा ब्रह्म लुट भएको उनले बताए ।
स्थानिय युवाहरुले उक्त छाप नभएको ठेली बरामद गरी पालिबाबाटै यस्तो प्रकारको राजश्व छलीको कार्य भईरहेको प्रती आफुहरुले आज यो ज्ञापनपत्र बुझाएको उनले बताए । साथै २०६५ सालमा आएको बाढी पिडितले रोजगारी नपाउनु अरुको नै हालीमुहाली बढेको र तत्कालिन महाकाली संघर्ष समितीसँग तत्कालिन प्रमुख जिल्ला अधिकारीसँग भएको सम्झौतामा उक्त क्षेत्रमा कुनैपनि रोजगारको काम सिर्जना हुन्छ भने तटिय क्षेत्रका बाढी पिडित २४ परिवार मध्ये एकएक जनालाई रोजगारी दिने भन्ने सम्झौता पनि हराएर गएको उनले बताए ।
भीमदत्त नगरपालिका अहिले घाटामा चलिरहेको भन्ने कुरा बाहिर आईरहँदा रोयल्टीमा बदमासी भएको छ है भन्दै घचघचाउनको लागि आफुहरुले उक्त पत्र दिएको महेन्द्रनगर माध्यामिक बिद्यालयका अध्यक्ष डा.कृष्णदत्त जोशी बोक्सरले बताए । राजश्व चुहावट हुनु भएन साथै पालिकाको आयस्रोतलाई नियमन होस साथै बाढी पिडतहरुको पनि मागको सम्बोधन होस, साथै रोयल्टीबाट उठेको ४० प्रतिशत रकम ११ नम्वर वडाको जोखिम, न्युनिकरण तथा विकासमा खर्च हुनुपर्ने माग गरिएको उनले बताए ।
उक्त ज्ञापनपत्रमा नगरपालिकाको सरकारी छाप कर्मचारीको खल्तीमा हुने, आफु खुशी मनपरी ढंगले प्रयोग गरि व्यक्तीगत लाभ उठाउन सक्ने सम्भावना रहने हुँदा सो कार्यमा संलग्न जो काहीलाई पनि कारवाहीको दायरामा ल्याउन माग गरिएको छ । यो विषयमा भीमदत्त नगरपालिकाले छाप नलगाएको ठेली र पालिकाको ठेलीको नम्वर मिलान गरिने जनाएको छ ।