पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमितहरुको संख्या बढदै जान थालेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार दोधाराचाँदनी नगरपालिकामा १ जना र बेलौरी नगरपालिकामा १ गरी २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्रमुख दयानन्द पन्तले जानकारी दिएका छन् ।
गत चैत्र ९ गतेदेखी अहिले सम्म १२ जनामा कोरोना पुष्टि भएको छ । जिल्लामा ५ जना र जिल्ला बाहिरका ७ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कञ्चनपुरमा अहिले सम्म ४ लाख ४५ हजार जनाले पहिलो मात्रा खोप लगाएका छन् भने, ३ लाख ६४ हजारले दोस्रो मात्रा लगाएका छन् ।
यसैगरी तेस्रो मात्रा खोप लगाउनेको संख्या २ लाख १६ हजर ६ सय जनाले खोपको मात्रा लगाएका छन् । कञ्चनपुरमा कोरोना भाइरसको समस्या देखिए यता हालसम्म ७ हजार भन्दा बढीलाई कोरोना पोजेटिभ रहेका छन् भने, २ सय १२ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । साथै सुदूरपश्चिममा छ लाख ४२ हजार नौँ सय ८५ को नमुना परीक्षण भइसकेको छ ।
नेपालमा अहिले सम्म १० लाख भन्दा बढी पोजेटिभ १२ हजार भन्दा बढीको मृत्यु, भईसकेको छ । अहिले भारतमा पनि कोरोना दर बढदै गएपछि नयाँ वर्ष मनाउन नेपाल आउने नेपालीहरुमा जोखिम बढी रहेको चिकित्सकहरुले बताएका छन् । नयाँ भेरियन्ट बढी घातक नरहे पनि यसले दीर्घ रोगी, वृद्धवृद्धा, बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूमा बढी असर गर्न सक्ने हुँदा सतर्कता अपाउनु पर्ने उनिहरुकोे सुझाव छ । यस्ता समूहका मानिसहरूमा कोरोनाको जुनै भेरियन्ट आए पनि जोखिम हुने उल्लेख गर्दै परिवारका अन्य सदस्यले ख्याल प¥याउनु पर्ने उनीहरूको भनाइ छ ।
पछिल्लो समय मानिसहरूले मास्क लगाउनेदेखि भौतिक दूरी कायम गर्नेजस्ता जनस्वास्थ्यको मापदण्ड पालना गर्न छाडेका कारण पुनः यसलाई पालना गर्नुपर्ने उनीहरूको जोड छ । साथै सरकारले पनि नयाँ भेरियन्टका कारण निम्तिने जोखिमलाई मध्यनजर गर्दै विमानस्थल र भारतसँग जोडिएका नाकाहरूमा निगरानी बढाउनुपर्ने उनीहरूको सुझाव छ ।
Comments are closed.