कृष्णपुर नगरपालिकामा दलित माथि हिंसा गर्नेलाई बहिष्कृत गरिने

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाले दलित माथि हिंसा गर्नेलाई समाजमा बहिष्कृत गर्ने नीति ल्याएको छ । शुक्रवार ११ औँ नगरसभामा नीति कार्यक्रम तथा बजेट सार्वजनिकीकरण गर्दै नगर उपप्रमुख द्रोपती रानाले सो नीति ल्याइने बताएकी हुन् ।
दलित समुदायलाई समाजको मुलधारको अग्रपंक्तिमा ल्याउन विभिन्न सचेतना कार्यक्रम ल्याइने,दलित समुदायको परम्परागत व्यवसायलाई आधुनिक बनाई साना तथा लघु उद्योग स्थापनामा जोड दिई अनुदानको व्यवस्था गरिने,द्धन्द्ध पीडित,अपांग,दलित,असहायको सामाजिक जीवनको सुरक्षाको सुनिश्चित गरिने कुरा उपप्रमुख रानाले प्रस्तुत गरेको नीति कार्यक्रममा समावेश गरिएको छ ।

यस्तै प्रदेशमा रोजगार गुमाएका आप्रवासी कामदारलाई स्वदेशमै कृषि कार्य गर्न नगरले जग्गा भाडामा लिई निस्शुल्क उपलब्ध गराउने नीति समेत अघि सारेको छ । सिप पहिला, सक्षम महिलाु नारालाई सार्थक बनाउन महिलाहरुको सिप विकास र सशक्तिकरणमा विशेष जोड दिइने,लैंगिक हिंसामुक्त नगर बनाउन विशेष कार्यक्रम सञ्चालन गरिने,मेयर गैर आवासीय छात्रवृति कार्यक्रम संचालन गरिने

सार्वजनिक विद्यालयमा तहगत रुपमा दरबन्दी मिलान गरिने,कृष्णपुरबाट विरामीलाई रिफर गर्नुपर्ने भए महेन्द्रनगर,धनगढीमा निस्शुल्क एम्बुलेन्स उपलब्ध गराइने,शव व्यवस्थापनका लागि शव बाहनको व्यवस्था गरिने लगायतका कुरा नीति कार्यक्रममा उल्लेख गरिएको छ । कृष्णपुर नगरपालिकाले १ अर्ब ६ करोड ९४ लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ ।

सम्बन्धित

Comments are closed.