महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका वेदकोट नगरपालिका ७ र ८ मा रहेको बैजनाथ वृद्धाआश्रममा रहेका वृद्धवृद्धाहरुलाई भोजन दान गरिएको छ । भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक, वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशी, नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखककी पत्नी यसोद लेखक लगायतका दिदिबहिनीहरुले भोजन दान गरेका हुन् ।
जेष्ठ नागरिकहरुलाई नयाँ वर्षको पूर्व सन्ध्या तथा सुदूरपश्चिममा मनाईने चैतेलोको अवसरमा पनि उक्त भोजन दान गरिएको वेदकोट नगरपालिकाका नगर उपप्रमुख जोशीले बताउनु भयो । आफनो रितिरिवाज संस्कार संस्कृतिलाई जेगर्ना गर्ने उदेश्यले वृद्धवृद्धाहरुलाई भोजन दान गरिएको हो ।
साथै चाडपर्वमा आफुहरु भोकै रहेर पनि आफना बालबालिकाहरुलाई पेट भर्ने बुवा आमाहरु अहिले वृद्धा आश्रममा रहेको एक्लो महसुस गरिरहेको अवस्थामा उहाँहरुको एक्लोपनलाई कमगर्न र उहाँहरुको अर्ती उपदेश सुन्नका लागि पनि उक्त वृद्धा आश्रममा उक्त क्रम गरिएको वेदकोट नगरपालिकाका उपप्रमुख जोशी बताउनु भयो ।
महिला मानव अधिकार रक्षक संजाल अध्यक्ष भगवती थापाले यो समयमा सुदूरपश्चिमको संस्कृति अनुरुप मनाईने चैतलोमा सबै दिदिबहिनहिरुलाई मिठा परिकार खुवाउने चलन रहेको अवस्थामा हामी दिदिबहिनीहरुले आमा बुवालाई भेटेर उहाँहरुलाई खुशी बनाउने उदेश्यले यो कार्यक्रम गरेको बताउनु भयो ।
Comments are closed.