प्रदेशको १० वर्षे प्रादेशिक शिक्षा योजना तर्जुमाका लागि परामर्श कार्यशाला सम्पन्न

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको १० वर्षे प्रादेशिक शिक्षा योजना तर्जुमाका लागि सरकोकारवालाहरु संग परामर्श कार्यशाला सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको उक्त कार्यक्रमका सहभागीहरुले समावेशी शिक्षामा बिषेस व्यवस्था सरकार स्तरबाट हुनुनपर्ने बताएका छन् ।

अहिले बालबालिका, अपाङगता लगायत जनजाती, आदिवाशी, दलित, पछाडी पारिएका सबैलाई उपयुक्त गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि के कस्तो सुधार गर्न सकिन्छ भनेर यो कार्यक्रमको आयोजना गरिएको सुदूरपश्चिम प्रदेशको १० वर्षे प्रादेशिक शिक्षा योजना तर्जुमाका परामर्शदाता एवम विज्ञ आन्नद पौडेलले जानकारी दिएका छन् ।

नेपालमा अहिले पनि बजेट कार्यान्वयन गर्दा उक्त विषयमा रहेर नभएको र अहिले पनि सबैलाई समावेशी शिक्षामा पहुँच पुय्राउन नसकेको अवस्थामा ति खाडललाई कसरी समावेबी बनाउन सकिन्छ भनेर नै आजको कार्यक्रमको आयोजना गरिएको उनले बताए । अपाङगता शिक्षण सिकाई, स्रोत शिक्षकका अवस्था, बिक्षकको व्यवस्थापनलाई कसरी व्यवस्थीत गर्न सकिन्छ भन्दै यहाँबाट आएका सुझाव सल्लाहलाई सुदूरपश्चिमको मात्रै नभएर देशै भरमा लागु गर्न सकिन्छ भनेर यो कार्यक्रम गरिएको बताए ।

समुदायमा अहिले पनि अपाङगता भएका बालबालिकालाई उनिहरुको अभिभावकहरुले आफनो नानीबाबुलाई अपाङग हो भनेर नभन्ने बाहिर नल्याउने पहिचान दिन नमान्ने कारण भनेको अबहेलना हुन्छ की भन्ने मानसिकताले गर्दा कतिपय बालबालिकाहरु शिक्षाको पहुँचमा पनि नआएको सहभागीहरुले बताएका छन् । यस्तो विषयमा अभिभावकहरुको महत्वपुर्ण भुमिका हुनुपर्नेमा उहाँहरु नै पछाडी भएपछि बालबालिकाहरु आफै पछाडी पर्ने भएकाले अभिभावकहरुले आफना फरक क्षमता भएका बालबालिकाहरुलाई साथ र सहयोग गर्नुपर्ने सुदूरपश्चिम प्रदेशको १० वर्षे प्रादेशिक शिक्षा योजना तर्जुमाका परमर्शदाता एवम विज्ञ पौडेलले बताए ।

बिद्यालयमा शिक्षकको अवस्था, आपतकालिन शिक्षा, सिकाई तथा शैक्षिक सामग्री व्यवस्थापन लगायतका विषयमा सहभागीहरुले आआफना राय सुझावहरु प्रस्तुत गरेका थिए । अहिले पनि समावेशी शिक्षा अन्र्तगत विज्ञ शिक्षकको अभाव, शैक्षिक सामग्रीको अभाव, मैत्रीपुर्ण भौतिक संरचनाको अभाव लगायतलाई समाधान गरिनु पर्ने सहभागीहरुले सुझाव दिएका छन् ।

उक्त कार्यक्रममा जिल्लाका सामुदायिक विधालयका शिक्षक सुदूरपश्चिम विस्व विद्यालयका पदाधिकारी, पत्रकार गैर सरकारी संस्था अपाङगता क्षैत्रका पदाधिकारी लगायतको उपश्थिती रहेको थियो ।

सम्बन्धित

Comments are closed.