डडेल्धुरामा लागुऔषधसहित एक जना पक्राउ 

महेन्द्रनगर । डडेल्धुरामा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । अमरगढी नगरपालिका ८ खनमटामा बस्ने बर्ष ६० का करन राज पाण्डेयलाई प्रहरीले लागु औषध (चरेश जस्तो देखिने कालो पदार्थ) ७ सय ग्रामसहित पक्राउ गरेको हो । आफ्नो खुद्रा पसलमा लागु औषध (चरेश) को कारोवार गर्ने गरेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरीको टोलीले पसल तथा घर खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणमा लागु औषध फेला परेको थियो ।

उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाईएको छ । लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम ५ सय ग्राम देखी २ किलो ग्रामसम्म भएमा ६ महिना देखि २ बर्षसम्म कैद सजाय र २ हजार देखि १० हजार सम्म जरीवाना गर्ने व्यवस्था रहेको छ ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.